• २०८१ बैशाख १४ शुक्रबार

इटालीमा रोनाल्डोको क्रेज : रोनाल्डोको नाममा बिक्न थाल्यो जर्सीदेखि आइसक्रिमसम्म  

kharibot

काठमाडौँ । रियल म्याड्रिडबाट इटालीयन क्लब युभेन्ट्ससँग सम्झौता गरेका रोनाल्डो इटाली नपुग्दै उनको क्रेज बढेको छ ।

खास गरि युभेन्ट्स क्लब भएको शहर टुरिनमा त रोनाल्डोको क्रेज बढी नै भइसकेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

रोनाल्डोलाई युभेन्ट्सले सम्भवत आगामी सोमबार क्लबमा प्रस्तुत गर्ने भएको भए पनि अहिले स्थानीय रेस्टुरेन्ट, आइसक्रिम पार्लर, ब्यापारीक घरानाहरु सबै रोनाल्डोको स्वागतमा जुटेका छन् ।

रोनाल्डोको ७ नम्बरको जर्सी किन्न युभेन्टसका फ्यानहरु स्टोरमा लाइन लागेको दृश्य मिडिया रिपोर्टमा आएको छ ।

आइसक्रिम पार्लरमा रोनाल्डोको नामको आइसक्रिम बिक्रि हुन थालेको छ भने शहरमा रोनाल्डोलाई स्वागत भनेर लेखिएका बोर्ड र ब्यानर टांगिएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

त्यस्तै रोनाल्डो युभेन्ट्स आउने रिपोर्ट सार्वजनिक भएदेखि सम्झौता भएसम्म सेयर बजारमा युभेन्ट्सको सेयर ३० प्रतिशत बढिसकेको छ ।

९ बर्षको रियल म्याड्रिड बसाई पछि रोनाल्डोले इटालियन क्लब युभेन्ट्समा चार बर्षका लागि सम्झौता गरेका छन् । हाल ३३ बर्षका रोनाल्डो ३७ बर्षको हुदासम्म युभेन्ट्समा बस्ने छन् ।

 
  
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै