• २०८१ बैशाख १५ शनिबार

बार्सिलोनाका पुर्वप्रशिक्षक लुइस इनरिक स्पेनको प्रशिक्षकमा नियुक्त 

kharibot

काठमाडौँ । बार्सिलोनाका पुर्वप्रशिक्षक लुइस इनरिक स्पेन राष्ट्रिय फुटबल टिमको नयाँ म्यानेजर बनेका छन् । 

इनरिक २ बर्षका लागि स्पेनको म्यानेजरमा नियुक्त भएका हुन् । गत बर्ष बार्सिलोनाबाट राजीनामा दिएका इनरिक अहिले व्यावसायिक रुपमा खालि थिए ।

विश्वकपको मुखैमा नियुक्त भएका स्पेनका प्रशिक्षकमा फर्नान्डो हेइररोले आइतबार आफ्नो पदबाट राजीनामा दिएपछि इनरिकलाई नियुक्ति गरिएको हो ।

विश्वकपमा अन्तिम १६ को खेलमा आयोजक रसियासँग पराजित भएपछि हेइररोले राजीनामा दिएका थिए । 

स्पेनले विश्वकप फुटबलको अघिल्लो दिन आफ्ना प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको थियो । स्पेनिस फुटबल फेडेरेसनले पत्रकार सम्मेलन गरी ५१ वर्षीय लोपेटेगीलाई बर्खास्त गरेको घोषणा गरेको थियो । फेडेरेशनलाई लोपेटेगीले रियल म्याड्रिडसँग सम्झौताको प्रेस रिलिज सार्वजनिक गर्नु ५ मिनेट अघि मात्र जानकारी दिइएको भन्दै उनलाई विश्वकपको मुखैमा बर्खास्त गरेको थियो ।

लोपेटेगी बर्खास्तमा परेपछि ५० बर्षिय फर्नान्डो स्पेनको फुटबल निर्देशक छोडेर प्रशिक्षक बनेका थिए । विश्वकपमा ४ खेलमा स्पेनको टिमको प्रशिक्षक बनेका हेइररोले एक जित, दुई खेल बराबरी र एक खेलमा हार बेहोरेका थिए । अन्तिम १६ को खेलमा स्पेन पेनाल्टी सुटआउटमा आयोजक रसियासँग पराजित भएपछि विश्वकपबाट बाहिरिएको थियो ।

बार्सिलोनामा प्रशिक्षकको रुपमा बिताएका इनरिकले सो अवधिमा ९ उपाधि जितेका थिए । जसमा दुई ला लिगा, तीन कोपा, एक च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, युइएफए सुपर कप, सुपरकोपाको उपाधि थिए ।

रियल म्याड्रिड र बार्सिलोनाका पुर्वखेलाडी समेत रहेका इनरिकले  बार्सिलोनाका लागि १८१ खेलमा म्यानेजर बन्दै १३८ खेलमा जित, २२ खेलमा बराबरी र २१ खेलमा मात्र हार बेहोरेका थिए । यसअघि उनि बार्सिलोनाको बि टिमको म्यानेजर हुदै रोमा र सेल्टाको पनि म्यानेजर बनेका थिए । 

४८ बर्षिय इनरिक स्पेनका लागि ६२ खेल खेल्दै १२ गोल गरेका छन् । उनले सन् २००२ मा स्पेनको राष्ट्रिय टिमबाट सन्यास लिएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै