• २०८१ बैशाख १५ शनिबार

दार्चुलामा विद्यालय जाने क्रममा ढुंगा लागेर किशोरीको मृत्यु

kharibot

दार्चुला / दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए । 

विद्यालय जाने क्रममा आज बिहान ८ बजेतिर नगरपालिकाको वडा नम्बर २ को धौलेबगरस्थित माथिबाट खसेको ढुंगा भट्टको टाउकोमा लागेर घटनास्थलमै मृत्यु भएको बोहराले जानकारी दिए । मृतक भट्ट सोही वडामै रहेको श्री सत्य प्रकाश मावि देथलामा कक्षा ९ मा अध्ययनरत थिइन् । 

घटनाबारे थप जानकारी लिन इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै