• २०८१ बैशाख १५ शनिबार

थाइल्यान्डको गुफामा फसेका खेलाडीलाई फिफा अध्यक्षको विश्वकप फाइनल हेर्ने निम्तो 

kharibot

काठमाडौँ । थाइल्याण्डको चियाङ राइस्थित लिवङ गुफामा फसेर रहेका १२ जना बालक र उनका फुटवल प्रशिक्षकलाई फिफा अध्यक्ष गियानी इन्फेन्टिनोले विश्वकप फुटबलको फाइनल हेल हेर्ने निमन्त्रणा दिएका छन् । 

गुफामा फसेका १२ जना बालक र प्रशिक्षकको उद्धारको नजर राख्दै फिफा अध्यक्षले थाइल्यान्डको फुटबल फेडेरेशनलाई एक पत्र लेख्दै सो निमन्त्रणा पठाएका हुन् । 

अध्यक्ष गियानीले लेखेको पत्रमा यदि आगामी दिनमा उनीहरुको स्वास्थ्यले यात्रा गर्ने अवस्था भएमा आगामी जुलाई १५ मा हुने फाइनल खेल हेर्न निमन्त्रणा गरेको उल्लेख गरेका छन् । 

उनीहरुको उद्धारका लागि स्वदेशी र विदेशी गोताखोर समेत चार दिनदेखि निकै खटिएका छन् । तर उनीरुलाई बाहिर निकाल्न सकेका छैनन् । उनीहरुलाई अहिले गुफामा अक्सिजन र खाना दिइएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । 

उद्धारमा खटिएका गोताखोरको मृत्यु 

यसैबीच शुक्रबार बिहान प्राप्त एक समाचारमा उक्त उद्धारको काममा खटिएका नौसेनाका एकजना गोताखोरको ज्यान गएको बताइएको छ । 

शुक्रबार बिहान सो गुफाभित्र छिरेका उनी त्यहाँबाट बाहिर निस्कने क्रममा मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गुफामा फसेका व्यक्तिहरूलाई खानेकुरा पुर्याएर फर्किनेक्रममा उनको मृत्यु भएको हो । 

अधिकारीहरुले अक्सिजनको अभावका कारण बेहोस भएका ३८ वर्षीय उनको गुफाबाट बाहिर फर्किनेबेला आफैँलाई अक्सिजनको अभाव भएकोले मृत्यु भएको बताइएको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै