• २०८१ बैशाख १५ शनिबार

काठमाडौँको शंखमुलमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

kharibot

काठमाडौँ  । काठमाडौंको शंखमुलमा आज बिहान ४ बजे बा ८० प ११५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ  ।  दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । 

दुर्घटनामा गम्भिर घाइते भएका दुवैलाई उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टर महाबौद्ध ल्याइएका थियो । उपचारको क्रममा अन्दाजी ३० बर्षीय एक युवकको मृत्यु भएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको छ । घाइते भएका शंखमुल बस्ने २१ बर्षीय रोमन बस्नेतको सोही अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा चालकको भन्ने बिषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै