• २०८१ बैशाख १५ शनिबार

कपिलवस्तुको सात सय बिगाहा जमीन जलमग्न

kharibot

कपिलवस्तु । अविरल वर्षाका कारण कपिलवस्तका मायादेवी गाउँपालिका–८ बिजुवाको जमुनी, हरिवंशापुर, बिजुवा र बरकुल गाउँको खेतीयोग्य जमीन जलमग्न भएको छ । 

आईतवारदेखिको अविरल वर्षाका कारण ती क्षेत्रका करीब ७०० बिघा खेतीयोग्य जमीन डुबानमा परेको हो । 

धान रोप्न तयार भएको खेत जलमग्न हुँदा किसान चिन्तित बनेका छन् । बिजुवाको जमुनी, हरिवंशापुर, बिजुवा र बरकुल गाउँको बीचमा रहेको धान खेत जलमग्न भएपछि रोपाइँ भएको करीब ३०० बिघा धान खेती पनि बाढीले बगाएको छ । 

विगतमा तटबन्ध निर्माणका लागि जिल्ला विकास समिति तथा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय भैरहवामा पटक पटक जानकारी गराउँदा पनि सोको निर्माण कार्य हुन नसक्दा अहिले सो क्षेत्र डुबानमा परेको गुनासो स्थानीयवासीको छ । सो क्षेत्रको स्थलगत अनगुगमनमा आउनुभएका प्रदेशसभा सदस्य सहसराम यादवले यस क्षेत्रका डुबान समस्याका वारेमा प्रदेशसभामा आवाज उठाउने विश्वास दिलाए । 

प्रदेश र संघीय सरकारसँग समन्वय गरेर यो समस्या समाधानका लागि पहल गर्ने मायादेवी गाउँपालिकाका प्रमुख बजरंगीप्रसाद चौधरीले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय