• २०८१ बैशाख १४ शुक्रबार

मुक्तिनाथ विकास बैंक र रिद्धि सिद्धिज्वेलर्सबीच सहकार्य

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र रिद्धि सिद्धि ज्वेलर्स, न्युरोड काठमाण्डौंबीच मुक्तिनाथ भिसा डेविट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई सुनको बनाउदा वा खरीद गर्दा २० प्रतिशतसम्म छुट तथा हिराको गहनामा १५ प्रतिशत सम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रिद्धि सिद्धि ज्वेलर्सको तर्फबाट ग्राहाक सेवातर्फका प्रवन्धक अजय अधिकारीले हस्ताक्षर गरेका छन् । 

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२  वटा शाखा, १३ वटा एटिएम. र तीन लाख पचत्तर हजार ग्राहकवर्गलार्इ आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, भिसा ए.टि.एम.कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै