• २०८१ बैशाख १४ शुक्रबार

गायत्री थापाको मार्मिक गीत ‘दशा’ सार्वजनिक 

kharibot

काठमाडौं । हरितालिका तीजको अवसर पारेर गायिका गायत्री थापाले मार्मिक गीत ‘दशा’ सार्वजनिक गरेकी छन् ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरलाई मध्यनजर गर्दै लोकप्रिय गायिका थापाको प्रस्तुतिमा बोल माया गीत गाएर एकाएक चर्चामा आएकी गायिका शान्तिश्री परियार र जया देवकोटाको आवाजमा मार्मिक गीत ‘दशा’सार्वजनिक भएको हो।

गीतमा गायत्री थापाको शब्द सृजना रहेको छ । गीतमा लय जय देवकोटाको नै छ, भने यस गीतको म्युजिक भिडियोको निर्देशन भने दुर्गा पौडेलले गरेका छन् ।

गीतको म्युजिक भिडियोको सम्पादन श्याम कँवरले गरेका छन् । यस गीतमा जय देवकोटा, गायत्री थापा, भरत शाह, रमा थपलिया र सुरवीर पण्डितको दमदार अभिनय छ । 

यस गीतको भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने शिव दर्शन डिजिटल प्रा.लिले गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै