• २०८१ बैशाख १४ शुक्रबार

प्रतिनिधिसभामा मुआब्जा दिएर मात्र निर्माणका काम थाल्न सांसदको आग्रह

kharibot

फाइल तस्विर । 

काठमाडौँ / प्रतिनिधिसभामा आज विशेष समयमा बोल्ने सांसदहरुले सार्वजनिक जग्गाको संरक्षण, तराईको डुबान समस्या, माथिल्लो तामाकोशीको शेयर आवेदन गर्ने समयसीमा वृद्धिलगायतका विषयहरु उठान गरे । 

सांसद शान्ति पाख्रिनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको र स्थानीयवासीलाई दिइने शेयरको यही असार २४ देखि साउन ९ गतेसम्मका लागि आवेदन दिने समय तोकिएपनि रोपाइँलाइृ ध्यानमा राखेर एक महिना थप गर्नुपर्ने सुझाव दिए  । 

सो आयोजनाको शेयरमा आवेदन दिने प्रक्रियालाई सरल बनाउन र लागतबारे अनुगमन गर्न माग गरे । सांसद केदार सिग्देल सेती नदीको कटानले शुक्लागण्डकी नगरपालिकाका एक हजार ४०० भन्दा बढी व्यक्तिले विगत ४० वर्षदेखि सरकारी ढिलासुस्तीका कारण लालपूर्जा पाउन नसकेको उल्लेख गरे । 

सांसद भैरवबहादुर सिंहले बझाङ जिल्लामा यही असार १३÷१४ गतेदेखि योङ कम्युनिष्ट लिगका कार्यकर्ताले स्थानीय तहमा बजेट विनियोजन गर्न नदिने भनी दिँदैआएको धम्कीप्रति सरकारको ध्यान आकृष्ट गरे । 

सांसद भरतकुमार शाहले चिसो छिँडीमा अनशन बस्नुभएका डा गोविन्द केसीको स्वास्थ्यमा ध्यान दिन सुझाव दिए । उनले माइतीघर मण्डलाजस्ता स्थानमा धर्ना गर्न निषेध लगाइएकामा आपत्ति जनाए । 

सांसद विमलप्रसाद श्रीवास्तवले मुआब्जा दिएर मात्र विकास निर्माणका काम शुुरु गर्न सुझाव दिए । सांसद प्रकाश रसाइलीले बर्खामा पानीले सडक जलमग्न भएकोप्रति सदनको ध्यानाकर्षण गराए । 

सांसद भूमिप्रसाद त्रिपाठीले सडकमा जताततै बिग्रिएका सवारीसाधन राख्ने प्रवृत्ति देखापरेको बताउँदै कति वर्ष पुराना सवारी चलाउन पाउने हो त्यसबारे नीति ल्याउन माग गरे । 

बोल्ने क्रम सकिए लगत्तै सभामुख कृष्णबहादुर महराले शून्य समय र विशेष समयमा उठेका महत्वपूर्ण विषयमा जवाफ दिन आफूले सम्बन्धित मन्त्रालयलाई जानकारी दिने प्रतिवद्धता सांसदहरुसमक्ष व्यक्त गरे। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै