• २०८१ बैशाख १४ शुक्रबार

मुक्तिनाथ विकास बैंक र एडभान्सड अटो मोबाइल्सबीच सम्झौता

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले रेनाअल्ट कम्पनीको सवारी साधनको अधिकृत विक्रेता विशाल ग्रुप अन्तर्गतको थापाथली काठमाडौंस्थित एडभान्सड अटो मोबाइल्ससँग रेनाअल्ट ब्राण्डका विभिन्न मोडेलका सवारी साधन लगानी गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौतापत्रमामुक्तिनाथविकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र एडभान्स अटो मोबाइल्सको तर्फबाट प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता बमोजिम एडभान्सड अटो मोबाइल्सले आयात गरी विक्री वितरण गर्ने रेनावल्ट  कम्पनीका सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई मुक्तिनाथ विकास बैंकले खरिद मूल्यको ६५ प्रतिशतसम्म लगानी गर्नुका साथै आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने जनाइएको छ । यस सम्झौता बमोजिम कर्जा लिने ग्राहकहरुले अग्रिम रुपमा कर्जा भुक्तानी गर्नुपर्दा बैंकबाट लिइने कर्जा भुक्तानी शुल्कन लिने व्यवस्था गरिएको छ ।

यो सेवा मुक्तिनाथ विकास बैक लि.का देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै