• २०८१ बैशाख १६ आइतबार

विश्वकपमा तेस्रो चरणका खेल आजदेखि, रसिया र उरुग्वेबीच समुहमा पहिलो को हुने भन्ने भिडन्त  

kharibot

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत आजदेखि समुह चरणका अन्तिम खेल सुरु हुदै छन् । आज नेपाली समय अनुसार ७:४५ मा समुह ए का दुई खेल हुदै छन् । आज हुने खेलमा आयोजक रसियाले उरुग्वेको सामना गर्दै छ भने साउदी अरेवीयाले इजिप्टको सामना गर्दै छ ।

यस समुहबाट साउदी अरेबिया र इजिप्ट विश्वकपबाट बाहिरीइ सकेकाले यस समुहको खेलको त्यति औचित्य नभएपनि रसिया र उरुग्वेबीचको खेलले समुहमा को पहिलो हुने भन्ने निर्धारण गर्ने छ । अहिले २ खेलमा रसिया ६ अंकले गोल अन्तर ७ ले पहिलो स्थानमा रहेको छ भने उरुग्वे पनि २ खेलमा ६ अंक भएपनि गोल अन्तर २ सहित दोस्रो स्थानमा रहेको छ । उरुग्वेले शिर्ष स्थान हासिल गर्न रसियालाई यस खेलमा पराजित गर्नुपर्ने हुन्छ भने रसियाले भने बराबरी गरेमा पनि शिर्ष स्थानमा रहन सक्ने देखिएको छ । 

प्रमुख खेलाडी : 

रसियाका पुर्वखेलाडी स्टेनस्लभ चेरचेसोभ म्यानेजर रहेको रसियालाई यस विश्वकपमा पहिलो २ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । 
रसिया टिमका प्रमुख खेलाडीको कुरा गर्दा गोल किपर इगोर अकिनफीभ रहेका छन् । ३२ बर्षिय गोलकिपर इगोर टिमका कप्तान पनि हुन् । 

त्यस्तै रसिया टिममा युवा खेलाडी अलेकस्याण्डर गोलोभिन उदाउदा खेलाडीको रुपमा रहेका छन् । २२ बर्षिय गोलोभिन रसियाकै क्लब सिएसकेए मस्कोबाट व्यवसायिक फुटबल खेल्दछन् । उनलाई रसियाको युवापिढीको उत्कृष्ट खेलाडी मानिएको छ । उनले साउदीविरुद्धको पहिलो खेलमा २ गोल असिस्ट गरेका थिए ।

त्यस्तै पहिलो २ खेलमा ३ गोल गरेका डेनिस चेरीशेभले रसियाको टिमलाई नयाँ आशा देखाएका छन् । विश्वकप अघि उनको खासै चर्चा नभए पछि विश्वकपमा उनले गरेको प्रदर्शन पछि उनको चर्चा चुलिएको छ । लगातार दुई खेलमा गोल गरेर उनले रसियाको मिडफिल्डलाइ बलियो बनाएका छन् ।

त्यस्तै यस समुहको सबैभन्दा बलियो टिम उरुग्वे हो । फिफा वरियतामा १६औ स्थानमा रहेको उरुग्वे यसअघिको विश्वकपमा दोस्रो चरणमा पुगेर बाहीरिएको थियो । पछिल्लो १२ बर्षदेखि उरुग्वेको राष्ट्रिय टिमलाई कोचिंग गरिरहेका अनुभवी ओस्कार ताबारेज उरुग्वेका म्यानेजर रहेका छन् । राष्ट्रिय टिमका लागि १४१ खेलमा म्यानेजर बनि सकेका ओस्कारको अनुभवले उरुग्वेलाई यस विश्वकपमा राम्रो सुरुवात दिदै विश्वकपका २ खेल जितेर दोस्रो चरणमा पुर्याएका छन् ।

यस टिममा बार्सिलोनाबाट खेल्ने लुइस स्वरेज, पिएसजीबाट खेल्ने एडिसन कभानी जस्ता स्टार खेलाडी रहेका छन् । स्वरेज यस टिमका प्रमुख खेलाडी हुन् । आक्रामक फुटबल खेल्ने टिम भनेर चिनिएको उरुग्वेका लागि स्वरेजले १०० खेलमा ५२ गोल गरेका छन् भने यस विश्वकपमा एक गोल गरेका छन् । 

यस टिममा इटालीको लिगमा युभेन्टसबाट खेल्ने २० बर्षीय रोड्रीगो बेन्टानचुरलाई उदाउदा खेलाडीको रुपमा हेरिएको छ । उरुग्वेको अन्तिम दुई क्वालिफायर खेल खेलेका रोड्रीगो दुवै खुट्टाले खेल्न सक्ने प्रतिभावान खेलाडीको रुपमा हेरिएको छ । 

यी दुइ टिमबीच अहिलेसम्म सन् २०१२ मा एउटा मात्र खेल भएको छ जुन खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

यस समुहमा पहिलो हुने टिमले समुह बि मा दोस्रो हुने टिम सँग खेल्नु पर्ने छ भने यस समुहमा दोस्रो हुने टिमले समुह बिमा पहिलो हुने टिमसँग अन्तम १६ मा खेल्नु पर्ने छ । समुह बि बाट स्पेन र पोर्चुगल दोस्रो चरणमा पुगे यी दुई टिमको भिडन्त स्पेन या पोर्चुगलसँग दोस्रो चरणमा हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै