• २०८१ बैशाख १४ शुक्रबार

ललितपुर महानगरपालिका तोकिएको समयमा बजेट ल्याउन असफल  

kharibot

ललितपुर । ललितपुर महानगरपालिकाले तोकिएको मितिमा बजेट सार्वजनिक गर्न सकेन । 

बजेटलाई लक्षित गरेर कार्यपालिकाको बैठक बस्न नसक्दा बजेट समयमा आउन नसकेको हो । यही असार २५ गते मात्रै बजेट सार्वजनिक गर्ने महानगरपालिकाले निर्णय गरेको छ । 

वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जन चैतबाट बजेटमा छलफल थाल्नुपर्नेमा अझैसम्म शुरु नभएको बताएका छन् । उनी भन्छन्, “आजदेखि बल्ल उहाँले बजेटमाथि छलफल शुरु गर्नुभएको छ ।” प्रमुख पटकपटक विदेश भ्रमण गइरहँदा पनि समयमा हुन नसकेको उनको आरोप छ । 

वडा नं २७ का अध्यक्ष बाबुराजा महर्जनले छलफल गर्दागर्दै बजेटलाई पूर्णता दिन नभ्याएको बताए । उनले भने, “ढिला भए पनि राम्रो बजेट ल्याउनुपर्छ ।” बजेटमाथि विस्तृतरुपमा छलफल भइरहेको उनले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै