• २०८१ बैशाख १४ शुक्रबार

गोल्डेन बुटको दौडमा ह्यारी केन अगाडी, रोनाल्डो र लुकाकुलाई उछिने 

kharibot

काठमाडौँ । रसियामा जारी विश्वकप फुटबलमा गोल्डेन बुटको दाबेदारीमा रहेका बेल्जियमका रोमेलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई इङल्याण्डका ह्यारी केनले चुनौती दिएका छन् ।

केनले आइतबार पानामाविरुद्धको खेलमा ह्याट्रिक गर्दै गर्दै विश्वकपमा आफ्नो गोल संख्या ५ पुर्याउदै लुकाकु र रोनाल्डोलाई उछिनेका हुन् ।  

त्यस्तै शनिबार ट्युनिसियाविरुद्धको खेलमा २ गोल गरेर लुकाकुले २ खेलमा ४ गोल गर्दै रोनाल्डोसँग बराबरी गरेका हुन् । लुकाकुले पहिलो खेलमा पानामाविरुद्ध पनि २ गोल गरेका थिए ।

त्यस्तै स्पेनविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले मोरक्कोविरुद्ध एक गोल गर्दै यस विश्वकपमा अहिलेसम्म २ खेलम ४ गोल गरेका छन् ।

अब गोल्डेन बुटको दौडमा अब ह्यारी केन ५ गोल सहित अगाडी रहेका छन् भने रोनाल्डो, लुकाकु ४-४ गोल सहित दोस्रो स्थानमा रहेका छन् 

त्यस्तै यस दौडमा रसियाका डेनिस चेरीशेभ र स्पेनका डिएगो कोष्टा ३-३ गोल गर्दै गोल्डेन बुटको दौडमा तेस्रो स्थानमा रहेका छन् । 

चेरिशोभले २ खेलमा ३ गोल गर्दै गोल्डेन बुटको दौडमा दोस्रो स्थानमा रहेका छन् । उनले साउदी अरब विरुद्ध २ र इजिप्टविरुद्ध एक गोल गरेका थिए । त्यस्तै स्पेनका कोष्टाले पोर्चुगलविरुद्ध २ र इरानविरुद्ध एक गोल गरेका थिए ।

त्यस्तै रसियाका अर्टीम डिजीउबा, बेल्जियमका इडेन हजार्ड, इङल्याण्डका जोन स्टोन, नाइजेरियाका अहमद मुसा, अस्ट्रेलियाका मिले जेडीनाक, क्रोसीका लुका मोड्रीच र ब्राजिलका फिलिप कोटिन्होले २-२ गोल गरेर गोल्डेन बुटको दौडमा चौथो स्थानमा रहेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै