• २०८१ बैशाख १५ शनिबार

स्विटजरल्याण्डका जाका र साकिरीमाथि फिफाको अनुसन्धान, दोषी पाइए २ खेल गुमाउने 

kharibot

काठमाडौँ । स्विटजरल्याण्डका दुई खेलाडी ग्रानित जाका र जर्दान साकिरीमाथि फिफाले अनुसन्धान थालेको छ । 

उनीहरुले सर्बियाविरुद्धको खेलमा गोल गरेपछि खुसी मनाउने क्रममा फिफाको अनुशासन मिचेको आरोपमा फिफाले छानबिन सुरू गरेको हो । 

गत शनिबार स्विटजरल्याण्डले सर्वियालाई २–१ गोलले पराजित गरेको थियो । उक्त खेलमा गोल गरेपछि साकिरी र जाका दुबैले हातबाट  अल्बानियाको झण्डाको ‘डबल इगल’ संकेत गरेका थिए । अल्बानियाको झण्डामा रहेको ‘डबल इगल’ प्रदर्शन गरेको भन्दै सर्बियाले फिफामा उजुरी दिएपछी फिफाले छानबिन थालेको बिबिसीले जनाएको छ ।

साकिरी र जाका दुबैका परिवारको कनेक्सन अल्बानियासँग जोडिएकाले उनीहरुले सांकेतिक रुपमा अल्बानियाको झन्डाको संकेत गरेको बताइएको छ । 
जाका ४ वर्षको भएपछि उनको परिवारसहित उनी कोसोभो छाडेर स्विट्जरल्याण्ड आएका थिए । 

भूपरिवेष्ठित कोसोभोलाई छिमेकी अल्बानियाले देशको रूपमा मान्यता दिएको छ । जबकी सर्वियाले अहिलेसम्म मान्यता दिएको छैन । यही राजनीतिक विवादलाई फुटबलमा तानेको भन्दै फिफाले छानविन सुरु गरेको हो । 

फिफाको अनुशासन समितिको विधानमा दफा ५४ मा खेलका क्रममा  सर्वसाधारणलाई भड्काउने कार्य भए खेलाडीलाई २ खेलको प्रतिबन्ध र ५ हजार स्विस फ्र्यांक जरिवाना हुने व्यवस्था रहेको छ । 

साकिरीले गोल गरेपछिको खुसीमा आफूले देखाएको संकेत एउटा भावनात्मक घटनामात्र भएको प्रतिक्रिया दिएका छन् । जाका र साकिरीमाथि फिफाले प्रतिबन्ध लगाए उनीहरूले कोष्टारिकाविरुद्धको खेल र दोस्रो चरणमा पुगेमा अन्तिम १६ को खेल पनि गुमाउने छन् । 

फिफाको अनुशासन समितिले यस बारे छानबिन सुरु गरेको जनाएको छ । साथै मिडिया रिपोर्टमा सर्बियाका म्यानेजर मलाडेन करस्टाजीकमाथि पनि छानबिन हुने भएको छ । उनले खेलपछि दिएको रेफ्रीविरुद्धको प्रतिक्रिया अनुशासन विपरित रहेको बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय