• २०८१ बैशाख १४ शुक्रबार

सौराहामा आराम गर्दै काँग्रेस सभापति देउवा

kharibot

फाइल तस्विर । 

चितवन / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन । 

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उनी गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहेका छन् । उनका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उनले भेटघाट गरेका छैन । 

जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । तनावमा रहहेका ठानिएका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरिरहेका बताइएको छ । प्रदेश सांसद मिलनबाबु श्रेष्ठका अनुसार देउवा आराम गर्नकै लागि सौराहामा रहेका हुन् । 

शनिबार काठमाडौँ फर्किने भनिए पनि उनी  फर्किएनन  । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै