• २०८१ बैशाख १५ शनिबार

मनसुन क्रमिकरुपमा सक्रिय बन्दै

kharibot

काठमाडौँ । मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुन शुरु भएको १५ दिन बितिसक्दा पनि कमजोर मनसुनका कारण पर्याप्त वर्षा हुन सकेको छैन । 

सामान्यत नेपालमा (१० जुन) बाट मनसुन प्रवेश गर्ने गरेको छ । यो वर्ष ८ जुन (जेठ २५) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको र केही दिनभित्रै नेपालभर फैलिने अनुमानसहित महाशाखाले घोषणा गरेको थियो । 

अहिले कमजोर रहेको मनसुन क्रमिकरुपमा विस्तारै बलियो हुँदै जाने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । 

‘मनसुन विस्तारै सक्रिय बन्दै गएको छ, देशका पूर्व र मध्य क्षेत्रमा यसको गतिविधि देखिन्छ । पश्चिमी भेगमा भने पश्चिमी वायुको प्रभाव देखिएकाले मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ’, उनले भने । 

असारमा धान रोप्ने मुख्य मौसममा पर्याप्त वर्षा नहुँदा किसान खिन्न भएका छन् । काठमाडौँ उपत्यका आसपासका फाँटमा समेत वर्षाको अभावमा रोपाइँ हुन सकेको छैन । 

महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार सबैभन्दा बढी सिमरामा ३६ तथा दीपायलमा २० मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा ६, भैरहवामा ८, दाङमा ७ र ताप्लेजुङमा ३ मिलिमिटर वर्षा भएको छ । 

शनिबार काठमाडौँको अधिकतम तापक्रम २९.५ र न्यूनतम २०.४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय