• २०८१ बैशाख १४ शुक्रबार

छ नक्कली पथप्रदर्शक पक्राउ

kharibot

काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले छ नक्कली पथप्रदर्शक पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले नक्कली कागजपत्र पेश गरी गैरकानुनी तवरले पथप्रदर्शक काम गर्दै हिँडेका काठमाडौँका अनिल महर्जन र रमेश महर्जन, ललितपुरका राजीव महर्जन र अमृत डंगोल तथा भक्तपुरका किशोर चौगुठी र माधव चालिसेलाई बिहीबार पर्यटन विभाग भृकुटीमण्डपबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पर्यटक पथप्रदर्शक हुन स्नातक तह उत्तीर्ण गर्नुपर्ने र विदेशी भाषामा पोख्त हुनुपर्ने भए पनि नक्कली कागजात पेश गरेर काम गर्दै हिँडेपछि नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ । उनीहरु सबैले चिनियाँ पथप्रदर्शकका रुपमा काम गर्दै आएका थिए ।

उनीहरुलाई आज काठमाडौँ जिल्ला अदालतबाट सरकारी छाप दस्तखत कीर्ते ऐनअन्तर्गत मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै