• २०८१ बैशाख १४ शुक्रबार

कोस्टारिकामाथि ब्राजिलको संघर्षपूर्ण जित, ब्राजिलका दुवै गोल इन्जुरी समयमा

kharibot

काठमाडौँ । विश्वकप फुटबलमा ब्राजिलले संघर्षपूर्ण जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा ब्राजिल कोस्टारिकासँग २-० को जित हासिल गरेको हो । 

लगातार दुई खेलमा हार बेहोरेपछि कोस्टारिका विश्वकपबाट बाहिरिएको छ  भने ब्राजिल २ खेलमा ४ अंक सहित समुहमा शिर्ष स्थानमा उक्लिएको छ । 

ब्राजिलको जितमा फिलिप कोन्टिन्हो र नेइमारले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा गोल गरेका थिए । कोन्टिन्होलाई गाब्रियल जिससले असिस्ट गरेका थिए । 

९१औ मीनेटमा कोन्टिन्होले गोल गरे भने ९७औ मिनेटमा नेइमारले गोल गरेका थिए । नेइमारको गोलका लागि डगलग कोस्टाले असिस्ट गरेका थिए ।

यस विश्वकपमा फिलिप कोन्टिन्होले २ ग्ल गरेका छन् भने नेइमारले विश्वकपमा आफ्नो खाता खेलेका छन् ।

यस अघि ब्राजिलले गरेका गोल गर्ने प्रयासलाई कोस्टारिकाका खेलाडीले असफल बनाएका थिए । खेलको ७८औ मिनेटमा नेइमारलाई डी-बक्स भित्र लडाएकोमा रेफ्रीले पेनाल्टी दिएपनि पछि भिडियो रिफरलबाट हेर्दा नेइमार आफै लडेको पाइएपछि ब्राजिलले पेनाल्टी पाएको थिएन । 

यो जितसँगै ब्राजिलले विश्वकपमा २ मा हार र एकमा बर्बरी पछि जित निकालेको छ । गत विश्वकपमा सेमिफाइनल र तेस्रो स्थानको खेल गुमाएको ब्राजिलले यस विश्वकपको पहिलो खेलमा स्विटजरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो । 

१९७८ को विश्वकपमा ४ खेलमा जित हासिल गर्न नसकेको ब्राजिल अहिले आएर ३ खेलपछि जित निकालेको छ । 

समुह इ अन्तर्गत ब्राजिलले पहिलो खेलमा पनि स्विटजरल्याण्डसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको थियो । २ खेल पछि ब्राजिलको ४ अंक भएको छ भने यस समुहमा सर्बियाको पहिलो खेल जितेर ३ अंक रहेको छ । 

अब ब्राजिल आफ्नो अन्तिम खेल सर्बियासँग आगामी जुन २७ मा खेल्ने छ भने कोस्टारिकाले आफ्नो अन्तिम खेल सोहि दिन स्विटजरल्याण्डसँग खेल्ने छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै