• २०८१ बैशाख १६ आइतबार

बर्दियामा खेतको कुलोमा बालकको शव भेटियो 

kharibot

बर्दिया, गुलरिया । बर्दिया गेरुवा गाँउपालिका ६ को सोनाहा गाँउको एक खेतको कुलोमा पानीमा बालकको शव तैरिरहेको अवस्थामा भेटिएको छ । 

सोनाहा गाउँका राम कुमार थारुका ९ बर्षिय छोरा रेशम थारु को शव गाउँले ले कुलोमा देखे पछि प्रहरीलाई खवर गरेका थिए । 

गेरुवा गाँउपालिकाको श्री गणेश मा.वि.मा अध्ययनरत ती बालक बुधवार दिउसो देखि सम्पर्कमा नआएका रेशम आफ्ना हजुरआमा संगै बस्दै आएका थिए । पहिले पनि केहि नभनि मामा घरमा आउ जाउ हुने हुनाले हजुरआमाले मामा कै घरमा गएको हुन सक्ने भनि खासै चासो नदिइएको ईलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक खेमराज रावतले बताए ।

शव गाउँले देखेपछि प्रहरीलाई खवर गरेको र मृतकका बुवा आमा  दाङ्गबाट आए पछि शवको पोस्टमार्टमका लागि कैलाली को टिकापुर लगिएको समेत रावतले भने । कुलो तर्दा पानीमा खसेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको रावतले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय