• २०८१ बैशाख १६ आइतबार

क्रोसियासँग हार्यो अर्जेन्टिना, मेसीको विश्वकप जित्ने सपनामा धक्का 

kharibot

काठमाडौँ । अर्जेन्टिना विश्वकपको दोस्रो खेलमा पराजित भएको छ । समुह डी को क्रोसियासँगको खेलमा अर्जेन्टिना ३-० गोल अन्तरले पराजित भएको हो ।

क्रोसियाको जितमा एन्टे रेबिक, लुका मोड्रीच र इभान राकिटिकले गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा दोस्रो हाफमा क्रोसियाले २ गोल गरेको थियो । 

खेलको ५३औ मिनेटमा अर्जेन्टिनाका गोल किपर विबि काबालेरोको गल्तिका कारण गोल खान पुगेको थियो । काबालेरोले फालेको बल क्रोसियाका रेबिकले हान्दै सिधै गोल गरेका थिए । क्रोसियाका लागि दोस्रो गोल कप्तान लुका मोड्रीचले खेलको ८०औ मीनेटमा गरेका थिए । मोड्रीचले डी-बक्स बाहिरबाट हानेको बल गोल भएको थियो । त्यस्तै क्रोसियाका लागि राकिटिकले खेलको इन्जुरी समयमा गरेका थिए ।

यो जितसँगै क्रोसिया दुई खेल जित्दै ६ अंकका साथ विश्वकपको दोस्रो चरणमा पुगेको छ । क्रोसिया अहिलेसम्म विश्वकपको दोस्रो चरणमा पुग्ने चौथो टिम बनेको छ । यस अघि फ्रान्स, रसिया र उरुग्वे विश्वकपको दोस्रो चरणमा पुगिसकेका छन् ।

पहिलो खेलमा बराबरी खेलेको अर्जेन्टिना यस खेलमा पराजित भएपछि विश्वकप यात्रा समुह चरणमै सकिने खतरा बढेको छ । अर्जेन्टिनाले अब नाइजेरियासँगको अन्तिम खेल जितेमा पनि दोस्रो चरणमा पुग्ने सम्भावना कम देखिएको छ । अर्जेन्टिनाको विश्वकपको समुह चरणमा सन १९५८ मा चेकोस्लाभियासँग ६-१ ले हारेपछिको अहिलेसम्मको ठुलो हार हो । अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेसी यस खेलमा पनि आफ्नो प्रभाव देखाउन असफल भएका छन् भने यो लज्जास्पद हर पछि उनको विश्वकप जित्ने सपनामा धक्का लागेको छ ।

समुह डीमा क्रोसियाको २ खेलमा ६ अंकसहित शिर्ष स्थानमा छ भने आइसल्याण्ड एक खेलमा एक अंकसहित दोस्रो र अर्जेन्टिना २ खेलमा एक अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै नाइजेरिया एक खेलमा बिना कुनै अंक चौथो स्थानमा रहेको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै