• २०८१ बैशाख १४ शुक्रबार

जित्नै पर्ने दबाबमा अर्जेन्टिना, क्रोसियाबिरुद्ध मेसीको परीक्षा 

kharibot

काठमाडौँ । यस विश्वकपको ग्रुप अफ डेथ भनिएको समुह डी मा रहेका अर्जेन्टिना र क्रोसियाबीच आज खेल हुदै छ । यी दुई टीमबीच नेपाली समय अनुसार ११:४५ बजे खेल हुदै छ । 

आफ्नो पहिलो खेलमा जित हासिल गरेको क्रोसिया र बराबरीमा चित्त बुझाएको अर्जेन्टिनाबीच यो खेल निकै महत्वपूर्ण हुने देखिन्छ । क्रोसिया अर्जेन्टिनालाई पराजित गरेर विश्वकपमा आफ्नो दोस्रो चरणको यात्रालाई पक्का गर्न मैदानमा आउने छ भने अर्जेन्टिना पहिलो जितको खोजीमा मैदानमा आउने छ । 

गत विश्वकपको फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसकेको अर्जेन्टिनाले यस विश्वकपमा पहिलो खेलमा देखाएको प्रदर्शनले केहि निराश बनाए पनि लियोनेल मेसी, सर्जियो अग्युरो, एन्जल डी मारिया जस्ता खेलाडीको बलमा कमब्याक गर्ने विश्वास गरिएको छ ।

के भन्छन म्यानेजर ?

अर्जेन्टिनाका म्यानेजर जोर्ग साम्पओलीले आइसल्याण्डसँगको खेलमा सबै दोष मेसीको नभएको भन्दै मेसीले पेनाल्टी मिस गरेको प्रति बचाउ गरेका छन् । उनले फुटबलमा कहिले काँही यस्ता अप्रत्याशित घटना हुने भन्दै यसका लागि मेसी मात्र दोषी नभएको बताएका छन् । ‘जब अर्जेन्टिनाले खेल नजित्दा दोष मेसीलाई दिइन्छ, यो निकै सजिलो तरिका हो तर सत्य होइन’ साम्पओलीले भनेका छन् । उनेल विश्वकपमा हामि ४० जनाको टिम आएका छौ भन्दै टिमको राम्रो नराम्रो सबैमा सबैजना सँगै हुने बताउदै मेसीमाथिको दबाब कम गर्ने प्रयास गरेका छन् ।

यता क्रोसियाका म्यानेजर जाल्टको डालीकले भने अर्जेन्टिनाविरुद्धको खेल आफ्ना लागि सजिलो खेल भएको बताएका छन् । उनले आफुहरुसँग ३ अंक भएकोले दबाब अर्जेन्टिना माथि रहेको बताए । हामीले यस खेलमा केहि गुमाउनु नरहेको भन्दै उनले बलियो प्रतिद्वन्दी अर्जेन्टिनाविरुद्ध खेलाडीलाई रमाएर खेल्न आग्रह गरेको बताए ।

हेड टु हेड :

अर्जेन्टिना र क्रोसिया यसअघि ४ पटक आमने सामने भएका छन् । जसमा अर्जेन्टिनाले २ र क्रोसी ले एक खेलमा जित हासिल गरेका छन् भने एक खेल बराबरीमा सकिएको छ ।

क्रोसियाले अहिलेसम्म विश्वकपमा दक्षिण अमेरिकी देशसँग खेलेका सबै ४ खेलमा हार बेहोरेको छ । त्यस्तै मेसीले यस अघि क्रोसियाविरुद्ध खेलेका दुवै खेलमा गोल गरेका छन् ।

त्यस्तै मेसीले विश्वकपमा २०१४ जुन २५ मा नाइजेरियाविरुद्ध गोल गरेपछि हानेका २१ शटमा गोल गर्न असफल भएका छन् । त्यस्तै क्रोसियाले विश्वकपका आफ्ना पछिल्ला ५ खेलमा सबैमा गोल गर्न सफल भएको छ ।

प्रभावशाली खेलाडी :

अर्जेन्टिनाले क्रोसियाविरुद्ध आइसल्याण्डसँग खेलेका खेलाडी नै खेलाउने सम्भावना देखिएको छ भने क्रोसियाले भने निकोला कलिनिकलाई गुमाएको छ । नाइजेरियाविरुद्धको खेलमा ढाडमा दुखाइ भएको भन्दै सब्सटिच्युटको रुपमा मैदानमा जान नमाने पछि म्यानेजरले उनलाई घर पठाइदिएका छन् ।

अर्जेन्टिना बलियो टिम देखिए पनि टिमको नतिजा मेसीको प्रदर्शनमा निर्भर गरेको पछिल्ला खेलहरुमा देखिएको छ । मेसी फर्ममा रहे भने यो टिम जति बलियो कुनै टिम छैन तर मेसीको प्रदर्शन फितलो भयो भने यो टिम कमजोर देखिएको छ । हालै मात्र स्पेनसँगको मैत्रीपूर्ण खेलमा मेसी बिना ६-० को हार पनि यसको उदाहरण हो ।

अर्जेन्टिनाका लागि मेसी नै महत्वपूर्ण खेलाडी हुन् । मेसीका आलावा सर्जियो अग्युरो, गोन्जालो हुगैन एन्जल डी मारिया जस्ता खेलाडीले अर्जेन्टिनालाई बलियो बनाउछन् । पिएसजीबाट खेल्ने २२ बर्षिय मिडफिल्डर गिओभानी लो केल्सो अर्जेन्टिनाका उदाउदा खेलाडीको रुपमा हेरिएको छ । 

क्रोसियाले पनि छनौट चरणमा राम्रो खेल प्रदर्शन गर्दै आफु बलियो टिम भएको प्रमाणित गरेको छ भने विश्वकपको पहिलो खेलमा नाइजेरियालाई जितेर महत्वपूर्ण ३ अंक हासिल गरिसकेको छ । 

क्रोसियाका लागि लुका मोड्रीच प्रमुख खेलाडी हुन् । उनले क्रोसी का लागि १०७ खेल खेल्दै १३ गोल गरेका छन् । त्यस्तै बार्सिलोनाबाट खेल्ने इभान राकीटिकको भूमिका पनि यस खेलमा निकै महत्वपूर्ण हुने देखिन्छ । त्यस्तै इभान पेरिसिक र मार्को पजाकाले अर्जेन्टिनामाथि दबाब बनाउन सक्ने देखिन्छ । क्रोसीयाका डिफेन्डर भेडरान कोर्लुकाले आजको खेल खेलेमा उनी लुका मोड्रीचपछि क्रोसीयाका लागि सयौ खेल खेल्ने दोस्रो खेलाडी हुने छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै