• २०८१ बैशाख १४ शुक्रबार

कोलोम्बियामाथि जापानको ऐतिहासिक जित, गत विश्वकपको हारको लियो बदला 

kharibot

काठमाडौँ । एशियाली देश जापानले विश्वकपमा विजयी सुरुवात गरेको छ । 

मंगलबार भएको खेलमा जापानले दक्षिण अमेरिकी देश कोलोम्बियालाई २-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

यो जितसँगै जापानले गत विश्वकपमा कोलोम्बियासँग ४-१ गोल अन्तरले पाएको हारको बदला यस विश्वकपमा लिएको छ । साथै यस जितबाट जापानले कुनैपनि दक्षिण अमेरिकी देशलाई पराजित गर्ने पहिलो एशियाली देश बनेको छ । 

जापानका लागि शिन्जी खाग्वा र युया ओसाकाले गोल गरेका थिए । खेलको तेस्रो मिनेटमा नै कोलोम्बियाका कार्लोस सान्चेजले आफ्नो डी बक्स भित्र बल हातले छोएपछि सिधै रातो कार्ड पाएर बाहिरिदा कोलोम्बिया १० खेलाडीमा सिमित भएको थियो । सोहि फाउलमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै जापानका खाग्वाले सुरुवाती गोल गरेका थिए ।

त्यसपछि खेलको ३९औ मिनेटमा जुआन फर्नान्डो क्वान्टेरोले गोल गर्दै खेल बराबरी गरेका थिए ।

पहिलो हाफमा १-१ गोलको बराबरी रहेको यस खेलमा खेलको ७३औ मिनेटमा जापानका ओसाकाले हेडमार्फत गोल गर्दै जापानलाई २-१ को अग्रता दिलाएका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र जापानले खेल २-१ ले जित्यो ।

जितपछि जापानले समुह एचमा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै