काठमाडौँ । रसियामा भैरहेको विश्वकप फुटबलमा खेलाडीले पहिलो रातो कार्ड पाएका छन् ।
अहिले भैरहेको समुह एच अन्तर्गतको कोलोम्बिया र जापानबीचको खेलमा खेलको तेस्रो मिनेटमै कोलोम्बियाका कार्लोस सान्चेजले रातो कार्ड पाएका हुन । ला लिगामा इस्पेनियोलबाट खेल्ने सान्चेज यस विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् ।
कोलोम्बियाको डी बक्स भित्र जापानका शिन्जी खाग्वालाई रोक्ने क्रममा हातले बल रोकेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए ।
रातो कार्ड पाएर मैदान छोडेपछि अहिले कोलोम्बिया १० खेलाडीमा सिमित भएको छ भने जापानले सोहि फाउलबाट पाएको पेनाल्टीलाई गोल गर्दै १-० को अग्रता लिएको छ ।