• २०८१ बैशाख १४ शुक्रबार

बसको ठक्करबाट भरतपुरमा महिलाको मृत्यु

kharibot

चितवन / भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ग१ख १९७३ नंको बसले ना१३प ६७१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार माडी नगरपालिका वडा नं १ की ५० वर्षीया रक्सीमिया महतोको उपचारका क्रममा मृत्यु भएको हो । 

उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउसो १२ः५ बजे मृत्यु भएको हो । बिहान १०ः३० बजे भएको उक्त घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् ५३ वर्षीय रामप्रसाद महतो सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

महतोको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै