पार्टी व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

खरीबोट

फाइल तस्विर । 

चितवन / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताएका छन  । पत्रकारहरुसँगको कुराकानीमा उहाँले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै जाने बताए । 

पार्टी विधानअनुरुप चल्नु पर्नेमा जोड दिँदै नेता पौडेलले पार्टीलाई स्वच्छ, पारदर्शी ढङ्गले चलाउन र आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिए । पार्टी व्यवस्थापनभन्दा पनि अहिले जेनतेन चलिरहेको बताउँदै उहाँले अब कसरी चल्छ हेर्दै जाने उल्लेख गरे । 

मंगलबारदेखि हेटौँडामा हुने जिल्ला सभापतिहरुको भेलामा उनीहरूको विचारलाई समेटेर पार्टीलाई अघि बढाउन सहज हुने नेता पौडेलले बताए । सभापतिहरुले प्रदेशहरुमा छलफल गरी पार्टीको विधान, संगठन, निर्वाचनको मूल्याङ्कन गर्दै आ–आफ्ना धारणा राख्ने र यसले पार्टीलाई भविश्यमा कसरी सुदृढ बनाउने भन्ने विषयमा सहयोग पुग्ने उनको भनाइ थियो । 

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको नेतृत्वले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न नसकेको प्रमाणित गराएको बताए । उनले भने, “पार्टीलाई सुधार्नु प¥यो, संस्थागतरुपमा चलाउनुप¥यो, नियमसंगतरुपमा पार्टी अगाडि बढ्नुप¥यो ।” कार्यकर्ताको भावनाअनुसार पार्टी नचलेको भन्दै उनले अब पार्टीलाई संस्थागतरुपमा चलाउनुपर्नेमा जोड दिएका हुन्  । 

नेतृत्वको कमजोरीका कारण पार्टीले निर्वाचनमा हार व्यहोर्नु परेको उनको भनाइ थियो । हेटौँडामा हुने सभापतिको भेलामा सहभागी हुन पौडेल र सिंह आज चितवन आएका हुन्  । 

सम्बन्धित समाचार

बाँझो जमीन राख्नेलाई कारबाही

चितवन । रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्न थालेको छ । उत्पादनमूलक जग्गालाई बाँझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिए । उनका अनुसार

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा मृत फेला

रत्ननगर। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ ।  बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०÷३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको

चितवनका सहकारीबाट ४९ लाख चोरी

चितवन / जिल्लामा सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ ।  विगत ६ महिनामा जिल्लका नौ सहकारी संस्थामा चोरी भएको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती सहकारीबाट रु

चितवनमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १६ जना घाइते 

चितवन। चितवनमा बस र ट्रक ठोक्किँदा ३ जनाको ज्यान गएको छ । १६ जना घाइते भएका छन् ।  मंगलबार राति काठमाडौंबाट काँकडभिट्टाको लागि छुटेको ना ६ ख १७४१ नम्बरको बस र