• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्रियसभाका सांसदको पदावधि आज टुंगो लगाइदै, गोलाप्रथाबाट हुदैछ समयावधि निर्धारण

kharibot

काठमाडौँ । राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्ने  भएका छन् ।

नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९ सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि दुई, चार र छ कति वर्ष हुने भन्ने टुङ्गो आज पहिलो पटक लगाउदै छन् । निर्वाचनको अङ्गकै रुपमा गोलाविधिद्वारा समयावधि निर्धारण कार्यक्रमलाई लिइन्छ ।

यसका लागि संघीय संसद् सचिवालयले महासचिवको संयोजकत्वमा आन्तरिक समिति र कार्यविधिसमेत बनाएको छ । सचिवालयका उपसचिव दशरथ धमलाले सोमबार बिहान ११:३० बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा गोलाविधिद्वारा समय निर्धारण हुने कार्यक्रम शुरु हुने जानकारी दिए ।

चयन प्रक्रिया

धमलाका अनुसार संविधानानुसार पाँच समूहमा राष्ट्रियसभाका सदस्य विभाजन गरिनेछ । पहिलो समूहमा सातै प्रदेशका तीन तीन गरी गरी २१ महिला सदस्यले गोलाप्रथा कार्यक्रममा भाग लिई समय निर्धारण गर्नेछन् ।

यसपछि सातै प्रदेशका एक एक गरी सात दलित सदस्य, सात अपाङ्गता भएका वा अल्पसंख्यक समूहका सदस्यले गोलाप्रथामा भाग लिने कार्यक्रम तय गरिएको छ । यसपछि अन्य समूहमा सातै प्रदेशका तीन तीन गरी कूल २१ र राष्ट्रपतिद्वारा मनोनीत तीन सदस्यले गोला छनोट गरी आफ्नो ‘भाग्य’ आफै निर्धारण गर्नेछन ।

गोलाप्रथामा सचिवालयले वर्णानुक्रमानुसार भाग लिने व्यवस्था मिलाएको छ । गोलाप्रथा विधिद्वारा राष्ट्रियसभाका ५९ सदस्यमध्ये २० जनाको छ वर्ष, २० जनाको चार वर्ष र १९ जनाको पदावधि दुई वर्ष हुनेछ । गोलाप्रथा छनोट गर्न सचिवालयले सेतो कागजमा रातो अक्षरमा दुई, चार र छ वर्ष लेखेर तयार पारेको छ । सो कागजलाई बट्टाभित्र राखी बन्द गराउने र यसपछि सांसदलाई झिक्न लगाई वर्ष तय गर्ने विधि तयार गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै