• २०८१ बैशाख २६ बुधबार

विश्वकपमा ब्राजिलको मध्यम सुरुवात, स्विटजरल्याण्डले बराबरीमा रोक्यो 

kharibot

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समुह इ अन्तर्गत ब्राजिल र स्विटजरल्याण्डबीचको खेल बराबरीमा सकिएको छ । 

आइतबार राति भएको खेलमा ब्राजिल र स्विटजरल्याण्ड १-१ गोलको बराबरी खेलेका हुन् । ब्राजिलका लागि बार्सिलोनाबाट खेल्ने फिलिप कोन्टिन्होले गोल गरेका थिए भने स्विटजरल्याण्डका लागि स्टेभन जुबेरले गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले अगाडी रहेको ब्राजिलले दोस्रो हाफमा गोल खाएको थियो । पहिलो हाफको २०औ मिनेटमा कोन्टिन्होको गोलबाट सुरुवाती अग्रता लिएको ब्राजिलले खेलको ५०औ मिनेटमा गोल खादै अग्रता गुमाएको थियो ।

स्विटजरल्याण्डको उत्कृष्ट डिफेन्सका अगाडी ब्राजिलको आक्रमण अफसल भएको थियो ।

समुह इ मा रहेको सर्बियाले कोष्टारिकालाई पराजित गरेर ३ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ भने ब्राजिल र स्विटजरल्याण्डले एक एक अंक सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

समुह चरणमा ब्राजिलले अब कोष्टारिका र सर्बियासँग खेल्ने छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै