• २०८१ बैशाख १६ आइतबार

अरुण तेस्रोको बाँध निर्माणस्थलमा पहिरो खस्दा पाँचजना बेपत्ता

kharibot

फाइल तस्बीर

खाँदबारी । अरुण तेस्रो परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा पाँचजना बेपत्ता भएका छन्।

मकालु गाउपालिका वडा नम्बर ५ को फ्याक्सिन्दा दोभानमा शुक्रबार राति करिब ८:४० बजे पहिरो खसेर ५ जना बेपत्ता भएको संखुवासभा प्रहरीले जनाएको छ ।

जलविद्युत परियोजनाको बाँध निर्माण स्थलमा सुरुङ निर्माणको क्रममा उत्तरतर्फको पहाड खस्दा पुरिएर पाँच जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा कालिकोटका कामदारहरू ३२ वर्षिय प्रदीप शाही, जुम्ला चन्द्र नगरपालीका १ का ४४ वर्षिय प्रेम परियार, भारत झारखण्डका अपरेटर ५५ वर्षिय बुधन मुण्डा र भारत विहारका इलेक्ट्रिसियन ४५ वर्षिय नन्द किशोर रहेका छन् । अर्का एकजनाको नाम खुलेको छैन ।

सरुङमा कति कामदार थिए अझै यकिन हुन सकेको छैन। अहिले ४  वटा स्काभेटरले उद्धारकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरो खस्ने क्रम जारी रहेकोले उद्धरमा समस्या परेको प्रहरीले जनाएको छ। उद्धारमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी लागिरहेका छन्।

मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परियोजनाको संयुक्त रुपमा काठमाडौंबाट सिलन्यास गरेका थिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै