• २०८१ बैशाख १५ शनिबार

विश्वकपमा आउने विदेशीसामु मुस्कुराउन तालिम नै लिए रसियाली अधिकारीले  

kharibot

युरोप । बुधबारबाट सुरु भएको विश्वकपमा विदेशबाट आउने दर्शकहरुलाई मुस्कानसहितको सेवा दिन रसियाली अधिकारीहरुले तालिम गरेको खुलेको छ । उनीहरुले कसरी हाँसी हाँसी सेवा दिने भनेर सिकेका हुन् । 

फुटबलको सर्वोच्च संस्था फिफाले नै यस्तो तालिम दिएको बीबीसीले जनाएको छ । मनोवेत्ता एल्नारा मुस्ताफिनाका अनुसार रसियालीहरु खासै मुस्कुराउनै जान्दैनन् । सोही कारण विदेशीहरुले रसियालीहरु सहयोगी हुँदैनन् भन्ने सोच्लान् भनेर यस्तो तालिम दिलाइएको हो । यो विश्वकपमा झण्डै १५ लाखभन्दा बढी पर्यटक रुसमा आउने बताइएको छ । 

तर रसियामा हाँस्दै हिँड्न भने खतरा हुनसक्ने पनि बताइन्छ । एक फिल्म निर्देशक युलिया मेलामेदका अनुसार रसियामा मुस्कुराउनु खतरा हुन्छ । एकपटक उनी गल्लीमा मुस्कुराउँदै हिँड्दा प्रहरीको फन्दामा पर्नुपरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै