• २०८१ बैशाख १५ शनिबार

भक्तपुरमा स्कुटीलाई ठक्कर दिएपछि स्थानीयले टिप्पर जलाए 

kharibot

तस्बिर : द एलेक्स छेत्री/फेसबुक

काठमाडौं । बुधबार भक्तपुरको जडीबुटीमा आक्रोशित स्थानीयहरुले टिप्पर जलाएका छन् । जडीबुटी चोकबाट कोटेश्वर जाँदै गरेको बा७०प ९३९९ को स्कुटीलाई ना४ख ३५५८ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिएको हो । 

घटनामा स्कुटी चालक गम्भीर घाइते भएको छ भने उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । त्यसलगत्तै आक्रोशित स्थानीयले उक्त टिप्परमा आगो लगाइदिएका छन् । सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ । घटना आज दिउँसो भएको हो ।

टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै