• २०८१ बैशाख १६ आइतबार

ब्राजिलले अस्ट्रियालाई ३-० ले हरायो, नेइमारले गरे लगातार दोस्रो खेलमा गोल 

kharibot

काठमाडौँ । विश्वकपको तयारीमा रहेको ब्राजिलले अस्ट्रियालाई पराजित गरेको छ ।

आइतबार भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले अस्ट्रियालाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

ब्राजिलको जितमा गार्बियल जिसस, नेइमार र फिलिप कोन्टिन्होले गोल गरेका थिए ।

खेलको ३६औ मिनेटमा जिससको गोलबाट अग्रता लिएको ब्राजिलले खेलको ६३औ मिनेटमा नेइमारको गोलबाट अग्रता दोब्बर पारेको थियो । खेलको ६९औ मिनेटमा कोन्टिन्होले गोल गरेका थिए ।

नेइमारले गत फेब्रुअरीमा भएको इन्जुरीबाट कमब्याक पछिका दुई खेलमा लगातार दुई गोल गरेका छन् । यस अघि अघिल्लो आइतबार क्रोसियाविरुद्धको खेलमा पनि नेइमारले गोल गरेका थिए ।

ब्राजिलले अब जुन १७ मा विश्वकपको आफ्नो पहिलो खेल स्विटजरल्याण्डविरुद्ध खेल्दै छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै