• २०८१ बैशाख १४ शुक्रबार

शिक्षण अस्पताल महाराजगंजको लकरमा ३ राउण्ड गोली सहित पेस्तोल भेटियो 

kharibot

फाइल तस्बीर

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल, महाराजगंजको रेडियोलोजी शाखाको लकरमा आइतबार ३ राउण्ड गोली सहित पेस्तोल भेटिएका छ । 

धेरै समयदेखि प्रयोगमा नआएको लकर प्रयोगगर्न प्रशासनले खोल्दा एक थान गोली र तीन थान गोली भेटिएको थियो । प्रशासनले लकरमा पेस्तोल देखेपछिे तुरुन्तै प्रहरीलाई खबर गरेको थियो ।

लकरको अवस्था हेर्दा लामो समयदेखि प्रयोगमा अनाएको देखिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । लकर भित्र कसले पेस्तोल र गोली राखेको भन्ने विषयमा केही थाहा नभएको तथा यस विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै