• २०८१ बैशाख १५ शनिबार

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार

kharibot

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार भएको उनका छोरा इन्दिवर घिमिरेले जानकारी दिए । 

गत जेठ १९ गते मेदान्तबाट उपचार गराएर फर्कनुभएका राष्ट्रकवि घिमिरे पुनः सोही दिनदेखि नै सानो आन्द्राबाट रक्तश्राव हुन थालेपछि गत जेठ २१ गते मेदान्तमा उपचारका लागि पुनः लगिएको हो । 

“अहिले बुबाको स्वास्थ्य अवस्था राम्रो भएको छ । सानो आन्द्राबाट रक्तश्राव हुने क्रम रोकिएको करीब चार दिनजति भयो ।” छोरा इन्दीवरले भने, “पहिलेको तुलनामा धेरै सुधार भएको छ । आउँदो सोमबारसम्म चिकित्सकले अस्पतालमा राखेर हेर्ने भएका छन् ।” 

यसअघि उनलाई जेठ ९ गतेदेखि १० दिनसम्म मेदान्तमा राखेर उपचार गराइएको थियो, तर सोही दिनदेखि उनको पुरानो सानो आन्द्राबाट रक्तश्राव हुने समस्या पुनः बल्झिएको थियो । 

उनको अहिले मेदान्तमा उच्च हेरविचार इकाइ (हाइकेयर युनिट)मा राखेर चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरिरहेको छ । 

छोरा घिमिरेले छातीमा देखिएको निमोनियाको संक्रमण पनि ठीक भएको बताए । राष्ट्रकवि घिमिरे गत वैशाख २८ गतेदेखि सानो आन्द्राबाट निरन्तर रक्तश्राव भएपछि अस्वस्थ भएका थिए । शुरुमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउनुभएका घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि भारत लगिएको हो । 

राष्ट्रकवि घिमिरेको साथमा उनका कान्छा छोरा राजीव घिमिरे गएका छन् । ९९ वर्षीय घिमिरे विगत चार महिनादेखि अस्वस्थ भएका थिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै