• २०८१ बैशाख १४ शुक्रबार

भारतका प्रधानमन्त्री मोदीको हत्याको योजना बनेको खुलासा, सुरक्षाप्रति गम्भीर रहेको गृहमन्त्रीको दाबि 

kharibot

जम्मु, भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाप्रति सरकार गम्भीर रहेको गृहमन्त्री राजनाथ सिंहले बताएका छन् । 

प्रधानमन्त्री मोदीको विद्रोही माओवादीले हत्या गर्ने षडयन्त्र गरिरहेको विवरण आएपछि गृहमन्त्री सिंहले शुक्रबार यस्तो बताएका हुन् । 

“हामी प्रधानमन्त्रीको सुरक्षाका बारेमा सधै गम्भीर छौं, माओवादीहरूले हार्ने लडाई लडिरहेका छन्, उनीहरू अहिले दश जिल्लामा मात्रै सक्रिय छन्,” जम्मु र काश्मिरको दुई दिने भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले भने । 

प्रहरीले बिहीबार मात्रै पुनेबाट पक्राउ गरिएका पाँच जनामध्ये एक जनाबाट भारतीय कम्युनिष्ट पार्टी (माओवादी)सँग सम्लग्नता रहेको पुष्टि हुने एउटा ‘पत्र’ पाएको र पक्राउ गरिएको जनाएको छ । 

उनीहरुले प्रधानमन्त्री मोदी र पूर्वप्रधानमन्त्री तथा नेता राजीव गान्धीको प्रकृतिको हत्याको योजना बनाइरहेको प्रहरीले अदालतलाई बताएको छ । 

गृहमन्त्री सिंहले नक्शालवादीहरूको हिंसा चाडै नै अन्त्य हुने दावी पनि गरे । विद्रोहीहरू १३५ जिल्लाबाट ९० जिल्लामा खुम्चिइसकेको र दश जिल्लामा मात्रै सक्रिय भएको उनको भनाई छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै