• २०८१ बैशाख १५ शनिबार

नासाको मंगलमिसन : रातो ग्रहमा भेटियो जैविक वस्तु र रहस्यमय मिथेन 

kharibot

न्युयोर्क / अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगलग्रहमा जैविक वस्तुको अवशेष र रहस्यमय मिथेन पत्ता लागेको जनाएको छ । नासाले मंगलमिसनअन्तर्गत मंगलग्रहमा पठाएको क्युरोओसिटी रोभरले मंगलको सतहमा ड्रिल (उत्खनन) गर्ने क्रममा यस्तो तथ्य फेला पारेको जनाएको हो । 

योसँगै उक्त ग्रहमा प्राचीनकालमा जीवन रहेको हुनसक्ने कुरालाई बल दिएको छ । त्यतिमात्रै होइन मंगलमा बस्ती नै बसाउन हरतरहको अनुसन्धानमूलक प्रयासमा जुटेको नासालाई यसले हौस्याएको समेत बताइएको छ । यो जीवनका लागि राम्रो संकेत रहेको नासाले जनाएको छ । 

थेग्रिएर रहेको चट्टानमा करिब तीन अर्ब वर्ष पुरानो उक्त जैविक वस्तुको अणु फेला परेको हो । त्यस्तै यसको वातावरणीय क्षेत्रमा विविध तहको मिथेन समेत रहेको यसअघि नै बताइएको थियो ।

उक्त अर्गानिक मोलेक्युलमा कार्बन र हाइड्रोजनयुक्त र त्यसमा अक्सिजन, नाइट्रोजन र अन्य तत्व समेत हुनसक्ने नासाको भनाइ छ । जुन भनेको जीवनसँग सम्बन्धित तत्वहरु हुन् । तर त्यो सबै शारीरिक प्रक्रियादेखि बाहिरबाट समेत संरचित हुनसक्छन् । यद्यपि यसैलाई जीवनको संकेत हो भनी मान्नचाहिँ नसकिने पनि हुनसक्छ । 

अमेरिकाको वासिङटनमा रहेको नासाको मुख्यालयमा साइन्स मिसन डिरेक्टोरेटका लागि एसोसिएट एडमिनिष्ट्रेटर रहेका थोमस जुर्बुचेनले यो नयाँ तथ्यसँग आफूहरुको उक्त ग्रहभित्र जीवन खोज्ने अनुसन्धान र खोज जारी राख्नुपर्ने देखिएको बताए । उनका अनुसार यो खोजले एकदिन थुप्रै जीवनसँग सम्बन्धित रहस्यहरुको उजागर गर्नेछ ।  

यद्यपि रोभरले यसको स्रोतबारे केही पाएको भने छैन । नासाकै एक अधिकारीका अनुसार यसले प्राचीन जीवन वा खानासम्बन्धी वा अन्यबारे सम्बन्धित रहे र नरहे पनि उक्त ग्रहको अवस्था र प्रक्रियाबारे केमिकल क्लु भने दिएको छ । 

थेग्रिएर रहेको चट्टानमा करिब तीन अर्ब वर्ष पुरानो उक्त जैविक वस्तुको अणु फेला परेको हो ।

अहिले रातो ग्रहमा बस्ने वातावरण नरहे पनि कुनै बेला तरल पानी रहेको कुरालाई भने नकार्न नमिल्ने बताइएको छ । नासाकै रोभरले पत्ता लगाएअनुसार ग्रहको गेल क्रेटरभित्र अर्बौँ वर्षअघि पानीको ताल रहेको र त्यसले  केमिकल र शक्तिका स्रोतहरु समावेश गरेको पनि खुलासा गरेको छ । 

मंगलग्रहको सतहमा अन्तरिक्षबाट विकीरणमा परेको कारण जैविक कुराहरु नष्ट भएको हुनसक्ने समेत नासाका अधिकारीहरुले बताएका छन् । पाँच सेन्टिमिटर चट्टानमा उक्त अर्गानिक मोलेक्युल्स फेला पर्नुले जीवांशबारे अध्ययन भविष्यमा केन्द्रमा पार्ने देखिएको छ । जति गहिराइको उत्खनन गर्यो, त्यति नै यसबारे रहस्य खुल्दै जानसक्ने यसले देखाएको अधिकारीहरुको भनाइ छ । 

सिजनल मिथेन उत्सर्जन

त्यसैगरी जर्नल साइन्सको दोस्रो पेपरमा वैज्ञानिकहरुले मार्टियन एटमसफिअरमा धेरै खाले मिथेन रहेको झण्डै उक्त ग्रहको तीन वर्षे (यो भनेको पृथ्वीको ६ वर्ष हुन्छ) अध्ययनमा पत्ता लागेको छ । यो विविधता मंगलमा रोभरले गरेको नमूना संकलनको विश्लेषणबाट पत्ता लगाइएको हो । 

यसमा खासगरी पानी–चट्टान केमिष्ट्रीले मिथेन उत्सर्जन भएको मानिएको छ तर वैज्ञानिकहरुले शारीरिक तथ्यलाई पनि नकारेका भने छ्रैनन् । त्यहाँ पाइएको मिथेनले गर्मी, वर्षा र जाडो महिनामा हरेक वर्ष मिथेनमा उतारचढाव देखिएको छ । 

यसरी पत्ता लाग्यो जीवाणुको अवशेष

यो मंगलग्रहको गेल क्रेटरको चार वटा क्षेत्रको चट्टानहरु मडस्टोनको ड्रिल गरेपछि भेटिएको हो । अर्बौँ वर्षअघि बनेको यो चट्टान प्राचीन तालको पिँधमा रहेको विश्वास गरिएको छ । झण्डै ५०० डिग्री सेल्सियसयुक्त ओभनमा राखेर यस चट्टानभित्रको जीवाणुको अवशेष बाहिर निकालिएको हो । चट्टानका टुक्राहरुमा सल्फर समेत फेला परेको छ, जसले जीवाण्ुाको अवशेषलाई जोगाई राखेको हुनसक्ने बताइएको छ । त्यसैगरी ती चट्टानसमेत लाखौँ वर्ष लागेर तहतहमा बनेको मानिएको छ ।

सन् २०१३ मा विश्लेषणकै क्रममा केही जीवांशका अवशेषयुक्त चट्टानमा क्लोरिन समेत पाइएको थियो । पछिल्लो तथ्यले कसरी तिनीहरु तालको पिँधमा सुरक्षित रहनसके भन्ने पत्ता लाग्नसक्नेछ । 

नयाँ यिनै तथ्यहरुले नासाको २०२० को रोभर र ईएसएको एक्सोमार्स रोभरले धेरै यस्ता अर्गानिक तथ्यबारे पत्ता लगाउनेमा वैज्ञानिकहरु ढुक्क भएका छन् । 
यी तथ्यहरुले जीवनको खोजीमा जुटेका वैज्ञानिकलाई हौसला प्रदान गरेको छ । नासाका एक अधिकारीले यसलाई आफूहरुको खोज सही दिशामा गइरहेको बताए । 

  • (नासाले आफ्नो वेबमा जारी गरेको विज्ञप्तिमा आधारित अंशबाट भावानुदित)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै