• २०८१ बैशाख १५ शनिबार

बुटवल—पाल्पा सडकखण्ड पुनः अवरुद्ध

kharibot

फाइल तस्बीर

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल—पाल्पा सडक खण्ड आज बिहानै पुनः अवरुद्ध भएको छ । 

गएरातिदेखि परेको अबिरल वर्षाले रुपन्देही र पाल्पाको सीमा क्षेत्रस्थित सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खसेर र मदनपोखरा नजिकै भालेवासमा लेदो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

सडक अवरुद्ध भएपछि बुटवलबाट उत्तरतर्फ पाल्पा, स्याङ्जा, पोखरा, गुल्मी अर्घाखाँचीलगायतका स्थानमा जाने र आउने गाडी बीचबाटोमा रोकिएका छन् । 

पटकपटक पहिरो जाने र सडक अवरुद्ध हुने क्रम बढेपछि केही दिनअघि मात्रै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले पहिरो गइरहने क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । 

सिद्धार्थ राजमार्गको उक्त क्षेत्रमा यसवर्ष मात्र तीनपटक पहिरो खस्दा करीब एक साताभन्दा बढी दिन आवागमन अवरुद्ध भएको छ भने पहिरोमा पुरिएर एकजना सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै