सुजैनसँग होइन यी विदेशी मोडलको प्रेममा छन् अर्जुन रामपाल !

खरीबोट

मुम्बई । अभिनेता अर्जुन रामपालले डिभोर्स गरेको हप्ता दिन पनि नाबित्त्दै एक मोडलसँग अफयेर्सको रिपोर्ट बाहिरिएको छ । 

पुर्वमिस इंडिया समेत रहेकी पत्नी मेहर जेसियासँग १९ बर्ष लामो सम्बन्धलाई अन्त्य गर्दै डिभोर्स गरेका अर्जुनको नाम सर्बियाकी मोडल तथा अभिनेत्री नताशा स्टेनकोविचसँग जोडिएको हो ।

भारतीय मिडियाका अनुसार अर्जुन रामपाल र नताशा अर्जुन रामपालको फिल्म ‘ड्याडी’ फिल्मको एक गीतमा काम गरेपछि उनीसँग नजिकिएकी थिइन् । अहिले डिभोर्सपछि अर्जुन नताशासँग ‘डेट’ गरिरहेको उल्लेख गरेका छन् । ४५ बर्षिय अभिनेता अर्जुन र नताशालाई सँगै सार्वजनिक ठाउहरुमा देखिन थालेको भन्दै भारतीय मिडियाहरुले रिपोर्ट प्रकाशित गरेका छन् ।

नताशाले प्रकाश झाको फिल्म सत्याग्रहमा आइटम गीतमा डान्स गरेकी थिइन् । उनले दुई डकुमेन्ट्रीको निर्देशन पनि गरेकी छन् । नताशा चर्चित रियालिटी शो बिग बोसको अठौ सिजनमा समेत भाग लिएकी थिइन् । 

२६ बर्षिय नताशाको नाम यसअघि टिभी सिरिज ये है मोब्बतेका अभिनेता अलि गोनीसँग रिलेसनसिपमा रहिसकेकी छन् ।

यसअघि अर्जुन रामपालको ऋतिक रोशनकी पुर्व पत्नी सुजैन खानसँग अफयेर्स रहेको बताइएको थियो । ऋतिक र सुजनको डिभोर्स हुनुमा अर्जुन रामपालको हात रहेको र अहिले अर्जुनको डिभोर्स हुनुमा सुजैनको हात रहेको रिपोर्ट आएको थियो । सुजैन खानले ऋतिकसँग २०१२ मा डिभोर्स लिएकी थिइन् ।  
 

सम्बन्धित समाचार

सुजैनसँग होइन यी विदेशी मोडलको प्रेममा छन् अर्जुन रामपाल !

मुम्बई । अभिनेता अर्जुन रामपालले डिभोर्स गरेको हप्ता दिन पनि नाबित्त्दै एक मोडलसँग अफयेर्सको रिपोर्ट बाहिरिएको छ ।  पुर्वमिस इंडिया समेत रहेकी पत्नी मेहर जेसियासँग १९ बर्ष लामो सम्बन्धलाई अन्त्य गर्दै

अर्जुन रामपाल र मेहरले अन्तत: डिभोर्स गर्दै, २० बर्षे वैवाहिक सम्बन्ध टुंगियो    

मुम्बई । बलिवुडमा प्रेम र ब्रेकअप, विवाह र डिभोर्सका खबर सामान्य हुन् थालेका छन् ।  ऋतिक रोशन, फराहन अख्तर, हिमेस रेशमिया, करिश्मा कपुर जस्ता अभिनेता अभिनेत्रीको डिभोर्सपछि अब अभिनेता अर्जुन रामपाल

अर्जुन रामपालको वैवाहिक जीवन संकटमा, सुजैनसँगको अफयेर्सले घर छोडे !

मुम्बई । बलिवुडमा प्रेम र ब्रेकअप, विवाह र डिभोर्सका खबर सामान्य हुन् थालेका छन् । भरखरै गत साता मात्र अभिएन्त्रि सोनाम कपुर, नेहा धुपिया र गायक हिमेश रेशमिया विवाह बन्धनमा

अर्जुन रामपालले मनाए ४५औ जन्मदिन, ऋतिकको घर तोडेको लाग्यो आरोप  

काठमाडौँ । बलिवुडका अभिनेता तथा सुपर मोडल अर्जुन रामपालले आज ४५औ जन्मदिन मनाउदै छन् । मोडलिङबाट फिल्मी क्षेत्रमा आएका अर्जुन अहिले पनि भारतका धेरै कम सफल मोडल मध्ये एक हुन् ।