• २०८१ बैशाख १५ शनिबार

हावाहुरी र मर्मतबाट ७३ मेगावाट विद्युत् प्रणाली बाहिर

kharibot

काठमाडौँ  । हावाहुरी र प्रसारण लाइन मर्मतका कारण नेपाल विद्युत् प्राधिकरणको प्रणालीबाट ७३ मेगावाट विद्युत् बाहिरिएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार हावाहुरीका कारण आइतबार अपराह्नदेखि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट र मैलुङखोला जलविद्युत् आयोजनाको पाँच मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ ।

चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइनका केही स्थानमा हावाहुरीका कारण विद्युत् आपूर्ति बन्द भएको छ । उक्त प्रसारण लाइन मर्मतका लागि प्राधिकरणको प्राविधिक समूह परिचालन भइसकेको जानकारी दिँदै प्रवक्ता अधिकारीले समस्या उत्पन्न भएका स्थानमा मर्मत भइरहेको बताए । 

यस्तै आइतबारदेखि कुलेखानी दोस्रो परियोजनाको एक युनिटमा समस्या उत्पन्न भई ४६ मेगावाट विद्युत् उत्पादनमा समस्या भएको छ । सो आयोजनाको पहिलो र दोस्रो एकाइबाट ९२ मेगावाट विद्युत् उत्पादन हुने गरेको थियो । यस्तै मोदी–लेखनाथ–पोखरा १३२ केभी प्रसारण लाइन टावर मर्मतका लागि बन्द गरिएको छ ।

त्यस्तै टनकपुर–भीमदत्तनगर १३२ केभी प्रसारण लाइन नियमित मर्मतसम्भारका लागि बन्द भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै