• २०८१ बैशाख १४ शुक्रबार

सन्दीप लामिछाने क्यानाडा ग्लोबल टि-२० लिगमा छनौट, मोन्टेरियल टाइगरबाट खेल्ने

kharibot

काठमाडौँ । नेपाली युवा बलर सन्दीप लामीछाने क्यानडामा हुने ग्लोबल टि-२० लिग खेल्ने भएका छन् ।

ग्लोबल टि-२० लिग, क्यानडाले आइतबार गरेको खेलाडी छनौटमा सन्दीप मोन्टेरियल टाइगरबाट खेल्ने भएका हुन् ।

सन्दीपले खेल्ने टीममा लातिस मालिंगा, सुनिल नारायण, तिसरा परेरा, मोहमद हाफिज, दिनेस रामदिन, सिकन्दर राजा जस्ता खेलाडी रहेका छन् ।

कुल ६ टिम रहेको यस ग्लोबल लिग जुन २८ देखि जुलाई १५ सम्म क्यानडास्थित टोरोन्टोको मप्ले लिफ क्रिकेट क्लबमा हुने छ ।

हालै आइपिएल खेलेका सन्दीप अगस्त ८ देखि सेप्टेम्बर १६ सम्म हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमासेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट पनि खेल्दै छन् । सो टिमको कप्तान क्रिस गेल रहेका छन् ।

     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै