• २०८१ बैशाख १४ शुक्रबार

घुस लिँदालिँदै चितवन मालपोतका कर्मचारी समातिए 

kharibot

काठमाडौं । चितवन जिल्ला मालपोत कार्यालयमा कार्यरत एक कर्मचारी २५ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयको टोलीले कार्यालय सहयोगी शंकर धिताललाई पक्राउ गरेको हो । 

उनले लालपुर्जा र फिल्डको क्षेत्रफल मिलाइदिएबापत २५ हजार घुस लिएका थिए ।

उनलाई कार्यालयपरिसरबाटै पक्राउ गरी अनुसन्धान भइरहेको आयोगले बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै