• २०८१ बैशाख १४ शुक्रबार

विश्व ११ भर्सेज वेस्टइण्डिजको खेल आज हुदै, सोनी सिक्समा प्रत्यक्ष प्रसारण

kharibot

काठमाडौं । वेस्टइण्डिजविरुद्धको खेल खेल्न आसीसी विश्वका ११ टिमको प्रतिनिधित्व गर्न नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने लन्डन पुगेका छन् ।

यो च्यारिटी टि-२० खेल नेपाल समय अनुसार आज राति १० बजेर ४५ मिनेटमा सुरु हुने छ । यस च्यारिटी खेलको अफिसियल प्रसारक सोनी सिक्स, सोनी सिक्स एचडी र सोनी लिभ रहेको छ भने यिनै च्यानलमा प्रत्यक्ष प्रशारण हुदै छ । 

सन्दीप लन्डन जानु अघि मंगलबार पत्रकारहरुसँग कुरागर्दै सन्दीपले आफ्नो लागि अनुभव हासिल गर्ने ठुलो मौका भएको बताएका थिए । उनले यस्तो खेलमा खेल्न पाउने नपाउने भन्दा पनि ठुला खेलाडीहरुसँग ड्रेसिङरुम सेयर गर्न पाउनु पनि ठुलो कुरा भएको बताउदै सन्दीपले आफुले पाएको मौका नेपाल र नेपाली क्रिकेटको लागि गर्वको कुरा भएको बताएका थिए ।

वेस्ट इन्डिजमा गत वर्ष आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोग जुटाउन हुने च्यारिटी खेलका लागि वेस्ट इन्डिजविरुद्ध हुने टी–२० खेलमा सन्दीपको छनौट भएपछि उनि त्यसतर्फ जान लागेका हुन् । 

सन्दीपलाई गत जेठ २ गते आसीसीले सन्दीपलाई विश्व ११ टिममा सामवेश गरेको थियो ।

इंग्ल्यान्डको लर्ड्स मैदानमा हुने खेलका लागि विश्व ११ टिमको नेतृत्व पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले गर्दै छन् । यस अघि इङल्याण्डका  इयान मोर्गनलाई विश्व ११ टिमको कप्तान बनाइएको भएपनि उनि घाइते भएपछि उनको ठाउमा अफ्रिदीलाई कप्तान बनाइएको हो । मोर्गनको ठाउमा इङल्याण्डका साम ब्लिंग्सलाई समावेश गरिएको छ ।

त्यस्तै अन्य खेलाडीमा साम कुरान, तमिम इकबाल, दिनेश कार्तिक, राशिद खान, मिचेल म्याकलेनघन, सोएब मलिक, मोहमद सामी, अदिल राशिद, थिसारा परेरा, लुक रोची र सन्दीप लामिछाने रहेका छन् ।

वेस्ट इन्डिज टिममा कार्लोस बार्थवेट (कप्तान), स्यामुयल बद्री, क्रिस गेल, इभिन लेविस, मार्लोन स्यामुयल्स, आन्द्रे रसेल, रयाद एमरीट, आन्द्रे फ्लेचर, आशले नर्स, कीमो पाउल, दिनेस रामदीन (विकेट किपर) र केस्रिक विलियम्स रहेका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै