• २०८१ बैशाख १५ शनिबार

भांग्रे खोला सरसफाई र नियन्त्रण अभियान सुरु

kharibot

बारा । मानववस्तीको बीच भागमा रहेको भांग्रे खोला नियन्त्रणका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले सरसफाई र नियन्त्रण अभियान सुरु गरेको छ । 

उपमहानगरभित्रको खोला नियन्त्रण र तटबन्ध निर्माणका लागि विनियोजित बजेट मध्येबाट भांग्रे खोला नियन्त्रणको काम सुरु गरिएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले एक कार्यक्रमका बीच सरसफाई अभियानको औपचारिक रुपमा सुरुवात गरेका छन् । 

यसअघि केही महिना अघि उपमहानगरपालिकाका मेयर डा. पौडेलसहितको टोलीले तराई यातायात ब्यवसायी संघको काटा पछाडीदेखी सिमराको पावर हाउस चोकसम्मको स्थलगत अवलोकन गरेको थियो । अवलोकनका क्रममा खोलाका कारण स्थानियले खेप्नुपरेको सास्तीका बिषयमा मेयर डा. पौडेलले जानकारी लिएका थिए । 

अवलोकनपछि भांग्रे खोला नियन्त्रणको कामलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेको हो । उपमहानगरपालिकाको वडा नम्बर २ का अध्यक्ष तीलकबहादुर श्रेष्ठले समेत भांग्रे खोला नियन्त्रणका लागि ध्यानाकर्षण समेत गराउदै आएका थिए । 

उपमहागरपालिकाको नगर स्तरिय योजना अन्तर्गत १३ लाखको बजेटबाट भांग्रे खोला नियन्त्रण र सरसफाईको प्रारम्भिक काम थालनी गरिएको हो । कार्यक्रममा वडाअध्यक्ष तिलक श्रेष्ठ, कार्यपालिका श्रेष्ठ शोभा कार्की, नेकपाका नेता दिनेश राई, क्षेत्रबहादुर श्रेष्ठ, मनोज पौडेल, उपभोक्ता समितिका अध्यक्ष सोमलाल बम्जन, वडा सदस्य धनबहादुर श्रेष्ठ, युवा नेता रविन्द्र खकुरेल, आरिफ हुसेनलगायत वडा सदस्यको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै