• २०८१ बैशाख १५ शनिबार

थापाथलीस्थित परोपकार प्रसुती अस्पतालमा इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर

kharibot

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं महानगरपालिकाको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा एक्स्टेन्सन काउन्टर खोलेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र अस्पतालका निर्देशक जागेश्वर गौतमले काउन्टरको संयुक्त रुपमा उद्घाटन गरेका छन् । योसँगै अब बैंकको एक्स्टेन्सन काउन्टर छ पुगेको छ ।

स्त्रीरोग तथा महिलासँग सम्बन्धीत रोगको उपचार सेवा दिइरहेको अस्पतालको परिसरमा खोलिएको काउन्टरले अस्पतालको आर्थिक कारोबार गर्न सहयोग गर्ने छ । काउन्टरले अस्पतालमा आउने विरामीको उपचारका क्रममा टिकट काट्न पनि सहयोग गर्ने छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पुर्याउदै आएको छ । 

यसै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३६५ दिन, २४ सै घण्टा सेवा संचालन हुने गरी परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा एक्स्टेन्सन काउन्टर खोलेको हो । यस सेवाले अस्पतालमा आउने विरामीले सुविधा पाउनेमा बैंक विश्वस्त छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ७० वटा शाखा तथा १०० वटा एटिएम पुगेको छ ।  ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६३ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै