• २०८१ बैशाख १५ शनिबार

दाङको शान्तिनगरमा झाडापखाला नियन्त्रणमा

kharibot

फाइल तस्विर । 

 दाङ / पश्चिम दाङको शान्तिनगर गाउँपालिका– ३ र ४ का विभिन्न गाउँमा महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । 

शनिबार र आइतबार गरी ती दुई वडाका पातेटाकुरा, एकलीलगायतका गाउँमा झाडापखालबाट ८८७ घरका एक हजार २०२ जना बिरामी परेको शान्तिनगर गाउँपालिकाका वडाध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए । 

बिरामीमध्ये एक जनाको नेपालगञ्ज, १४ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुर र १० जनाको सिटी अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ । अन्य सबै बिरामी उपचारपछि घर फर्किसकेका छन् । 

यसैबीच प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । स्थानीय माइली खानेपानी मुहानको पानी बन्द गराइनुका साथै आइतबार पूर्णरुपमा सरसफाइ गरिएको छ । प्रभावित सबै घरमा तुलसीपुरबाट ट्याङ्करमा पानी लगेर वितरण गरिएको छ । 

आज पनि सो क्षेत्रका विद्यालय बन्द गरिएको छ । प्रभावित क्षेत्रमा अहिले नेपाली सेनाका चिकित्सक, सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी औषधिसहित उपचारमा संलग्न छन् । आइतबार प्रभावित सबैको घरमा गाउँपालिकाले बाल्टिन, साबुन तथा पानीमा राख्ने औषधि वितरण गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै