• २०८१ बैशाख १४ शुक्रबार

आइपिएल सकियो, कुन कुन खेलाडीले बनाए कस्ता कस्ता रेकर्ड ?

kharibot

काठमाडौँ । आइपिएलको एघारौ सिजन पनि सकिएको छ । चेन्नई सुपरकिंग्सले आइपिएलमा २ बर्षको प्रतिबन्धपछि उत्कृष्ट कमब्याक गर्दै गएराती सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै आइपिएलको उपाधि तेस्रो पटक जितेको छ ।

यस सिजनमा अनेकौ रेकर्ड बने । कुन कुन क्षेत्रमा के के रेकर्ड बने आउनुहोस हेरौ ।

धेरै रन : यस आइपिएलमा सनराइजर्स हैदरावादका कप्तान केन विलियम्सनले सर्वाधिक रन बनाए । विलियम्सनले १७ खेल खेल्दै ७३५ रन बनाए जसमा ८ अर्धशतक सामेल छन् । त्यस्तै दिल्ली डेयरडेभिल्सक रिषव पन्तले ६८४ र किंग्स इलेभेन पंजावका लोकेस राहुलले ६५९ रन बनाएका थिए ।

एक ओभरमा धेरै रन : यस आइपिएलमा एक ओभरमा सबैभन्दा धेरै रन दिल्लीका श्रेयस अय्यर र राजस्थान रोयल्सका जोस बटलरले बनाएका छन् । श्रेयसले एक ओभरमा ४ छक्का र एक चौका हान्दै २८ रन बनाएका थिए भने बटलरले २ छक्का, ४ चौका हान्दै २८ रन बनाएका थिए । दुवैले कोलकोताविरुद्ध इडेन गार्डेनमा सो रन बनाएका थिए । 

धेरै छक्का : यस आइपिएलमा सबै भन्दा धेरै छक्का हान्ने रेकर्ड दिल्लीका रिषव पन्तले बनाएका छन् । उनले ३७ छक्का हाने भने चेन्नईक शेन वाटशनले ३५ र चेन्नईकै अम्बाती रायाडूले ३४ छक्का हानेका थिए । 

धेरै चौका : यस सिजनमा धेरै चौका हान्ने रेकर्ड पनि दिल्लीकै रिषव पन्तको नाममा रहेको छ ।  पन्तले सर्वाधिक ६८ चौका हानेका छन् भने पन्जा का लोकेस राहुलले ६६ चौका हानेका छन् । त्यस्तै हैदरावादका कप्तान विलियम्सनले ६४ चौका हानेका छन् । 

धेरै अर्धशतक : यस सिजनमा धेरै अर्धशतक बनाउने रेकर्ड हैदरावादका कप्तान केन विलियम्सनको नाममा रहेको छ उनले १७ खेल खेल्दै ८ अर्धशतक बनाएका छन् ।  त्यस्तै पन्जावका लोकेस राहुलले १४ खेल खेल्दै ६ अर्धशतक बनाएका छन् । 

धेरै शतक : यस आइपिएलमा कुल ५ शतक बनेका छन् ।  जसमा चेन्नईका शेन वाटशनले २ शतक हानेका छन् । त्यस्तै रिषव पन्त, अम्बाती रायडू र क्रिस गेलले एक एक शतक हानेका छन् ।

कम बलमा अर्धशतक : यस सिजनमा पन्जावका लोकेस राहुलले १४ बलमा आफ्नो अर्धशतक बनाएर कम बलमा अर्धशतक बनाउने रेकर्ड बनाएका छन् ।  त्यस्तै मुम्बईका इशान किशन र कोलकोताका सुनिल नारायणले १७ बलमा अर्धशतक बनाएका थिए । 

कम बलमा शतक : यस सिजनमा बनेका ५ शतक मध्ये शेन वाटशनले बनाएका दुवै शतक ५१ बलमा बनेका छन् ।  त्यस्तै रिषव पन्तले ५६ बलमा, क्रिस गेलले ५८ बलमा र अम्बाती रायाडूले ६२ बलमा शतक बनाएका थिए । 

उच्च रन : यस आइपिएलका एक पारीमा उच्च रन बनाउने रेकर्ड दिल्लीका रिषव पन्तको नाममा रह्यो ।  उनले एक पारीमा १२८ रन न आउट बनाएका थिए । 

धेरै विकेट : यस आइपिएलमा धेरै विकेट लिने रेकर्ड किंग्स इलेभेन पन्जावका अस्ट्रेलियन टायले बनाए ।  टायले १४ खेलमा २४ विकेट लिएका थिए ।  त्यस्तै हैदरावादका राशिद खान र सिद्धार्थ कौलले २१-२१ विकेट लिएका थिए । 

मेडन ओभर : यस आइपिएलमा चेन्नईका बलर लुंगी एनगिड़ीले २ मेडन ओभर फालेका छन् । त्यस्तै अन्य ११ बलरले १-१ मेडन ओभर फालेका छन् । 

डट बल : यस आइपिएलमा सबैभन्दा धेरै डट बल हैदरावादका राशिद खानले फालेका छन् ।  राशिदले कुल १७ खेलमा ६८ ओभर बलिङ गर्दै १६७ बल डट फालेका छन् ।  त्यसपछि बैंगलोरका उमेश यादवले १४८ र कोलकोताका सुनिल नारायणले १३७ बल डट फालेका छन् । 

इकोनोमी बलिङ : यस आइपिएलमा राजस्थानका बलर इश सोढ़ी सबै भन्दा इकोनोमिक बलर बनेका छन् ।  सोधिले ६ खेलम २३ ओभर बलिङ गर्दै १३५ रन दिएका छन् भने उनको इकोनोमी रेट ५.८६ प्रतिओभर रहेको छ ।  त्यस्तै चेन्नईका लुंगी एनगिड़ी ७ खेलमा २६ ओभर बलिङ गर्दै १५६ रन दिदै इकोनोमी रेट ६ रन प्रतिओभर रहेको छ ।  यस सुचिमा नेपालका युवा बलर सन्दीप लामिछाने चौथो स्थानमा रहेका छन् । सन्दीपले ३ खेलमा १२ ओभर बलिङ गर्दै इकोनोमी रेट ६.८३ रहेको छ ।

एक पारीमा उत्कृष्ट बलिङ : पंजावका अंकित राजपुतले यस आइपिएलमा ५ विकेट लिने खेलाडी बनेका छन् ।  राजपुतले हैदरावादविरुद्द ४ ओभर बलिङ गर्दै १४ रन दिएर ५ विकेट लिएका थिए । 

एक पारीमा धेरै रन खाने बलर : यस आइपिएलमा हैदरावा का बलर बसिल थम्पीले एक पारीमा धेरै रन खाने बलरको रुपमा रेकर्ड बनाएका छन् ।  थम्पीले बैंगलोरविरुद्ध बलिङ गर्दै ४ ओभरमा ७० रन खाएका थिए । यस सुचिमा दोस्रो स्थानमा बैंगलोरका उमेश यादव रहेका छन् ।  यादवले राजस्थानविरुद्ध बलिङ गर्दै ४ ओभरमा ५९ रन खाएका थिए ।  त्यस्तै तेस्रो स्थानमा कोलकोताका शिभम माभी रहेका छन् उनले दिल्लीविरुद्ध ४ ओभर बलिङ गर्दै ५८ रन खाएका थिए । 

फास्ट बलिङ : यस आइपिएलमा राजस्थानका बलर जोफ्रा आर्चरले सबै बह्न्दा फास्ट बल फालेका छन् ।  जोफ्राले १५२.३९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा बल फालेका छन् । यस सुचिमा दोस्रो स्थानमा हैदरावा का बिली स्टानलेक रहेका छन् ।  उनले १५१.३८ किलोमिटर प्रति घण्टाको रफ्तारमा बलिङ गरेका छन् । 

यस आइपिएलमा कुनै पनि बलरले ह्याट्रिक लिन सकेनन् ।  भने यस आइपिएलमा धरै पटक ४ विकेट लिने खेलाडी पन्जावका एन्ड्रयु टाय हुन् उनले तीन पटक ४ विकेट लिएका थिए ।              
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै