• २०८१ बैशाख १५ शनिबार

असारसम्म स्थानीय तहमा सबै कर्मचारी खटिसक्ने

kharibot

काठमाडाँै, १३ जेठ (रासस) ः सरकारले असार मसान्तसम्ममा स्थानीय तहमा दरबन्दी अनुसारको सबै कर्मचारी खटाउने भएको छ । 

अहिले करिब ४० हजार मात्र कर्मचारी रहेको स्थानीय तहमा असारसम्ममा बाँकी १७ हजार कर्मचारी खटाइसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । 

मन्त्रालयले स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी सोको आधारमा मन्त्रिपरिषद्को बैठकले करिव ५७ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो । यसअघि खटाइएका कर्मचारी पनि स्थानीय तहमा नगएकाले तिनलाई पनि खटाइने उनले बताए । 

स्थानीय तहमा कर्मचारी अपुग भएकाले सेवाग्राहीको काम प्रभावित भएको छ । स्थानीय तहमा आवश्यक कर्मचारीका लागि विभिन्न मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा पठाउनका लागि निर्देशन दिइसकेको छ । अधिकारीका अनुसार ती मन्त्रालयबाट करिब आठ हजार कर्मचारी स्थानीय तहका लागि खटाउनका लागि माग गरिएको छ । 

“हामीले माग गरेअनुसारको कर्मचारी विभिन्न मन्त्रालयबाट आउने क्रम जारी छ”–उनले भने, “आएका कर्मचारीलाई हामीले क्रमश पठाउँदै पनि छौँ ।” संघीयता कार्यन्वयनसँगै करिब एक लाख १७ हजार कर्मचारीमध्ये अहिले एक लाख छ हजार कर्मचारी केन्द्रमा, ३० हजार प्रदेशमा तथा स्थानीय तहमा ५७ हजार कर्मचारी रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै