• २०८१ बैशाख १५ शनिबार

जनप्रतिनिधि आफैँ उत्रिएर दुई वर्षदेखि अलपत्र सडकको धमाधम कालोपत्रे

kharibot

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर ६ को चार ठाउँमा कालोपत्रेको काम धमाधम सुरु गरिएको छ । जनप्रतिनिधि आफैँ उत्रिएर बज्रनगर, सिद्धिनगर, रामनगर र सुबी गाउँमा करिब १६ सय ५० मिटरको बाटो पिच गर्न सुरु गरिएको हो ।  

विगत दुई वर्षदेखि भत्किएको सडकमा  कालोपत्रेको काम सुरु भएपछि स्थानीय पनि खुसी भएका छन् । स्थानीय दैवलाल गिरीले वडा सदस्यहरु सबै खटेर बाटो निर्माणमा लागेको हुनाले बाटो टिकाउ हुने बताए । उनले बाटो पिच हुँदा खुसी लागेको प्रतिक्रिया दिए । 

त्यस्तै, ओखलढुङ्गा घर भई हाल कामपा ६ रामहिटीमा व्यवसाय गर्दै आएका अबराज राईले लामो समयदेखि वर्षमा हिल्लाम्मे र हिउँदमा धुलाम्मे हुने सडक पिच हुँदा खुसी लागेको बताउँदै  ६ नम्बर वडाका वडा अध्यक्षले राम्रो काम गर्दै आएको बताए ।  

रामहिटि बज्रनगरटोल सुधार समितिको कोषाध्यक्ष समेत रहेकी शोभा तामाङले स्थानीय तहबाट राम्रो काम भइरहेको जानकारी दिइन् । 

त्यस्तै, कामपा वडा नम्बर ६ विपत व्यवस्थापन तथा नागरिक सुरक्षा समितिको उपाध्यक्ष  आर सी भण्डारीले पूरै बेस खनेर ग्र्याडरले पेलेर सकेसम्म क्वालिटी दिन जनप्रतिनिधि आफै लागेको हुनाले सडक टिकाउ हुनेमा आफू विश्वस्त भएको बताए । उनले भने, ‘हामीले क्वालीटी दिन कोसिस गरेका छौँ ।’

आफूहरु सडकको नयाँ पिचमा गए पनि यसको मापदण्ड र भुक्तानी भने ओभरल्याप नै भएको उनले बताए । 

बिहीबारदेखि सुरु गरिएको ओभरल्याबाको काम १५ दिनमा सकिने अनुमान गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै