• २०८१ बैशाख १४ शुक्रबार

एकल एल्बम ‘एकतर्फी माया’ सार्वजनिक 

kharibot

काठमाडौँ । श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक मुरारी गुरागाईंको एकल एल्बम ’एकतर्फी माया’ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । 

वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी तथा बरिष्ठ संगीतकार दिपक जंगमले संयुक्त रुपमा विमोचन गरेको एल्बममा चार आधुनिक तथा चार लोकपप गीतहरु संग्रहित छन् । गीतकार न्यौपानेको भने यो छैठौ एक्ला एल्बम हो । 

यसअघि उनको एकल रचनामा चेतना, हिमालको चन्द्र, होराइजन, बाल कुसुम र त्यो सपना बजारमा आइसकेका छन् । लेखनका सबै बिधामा कलम चलाउने न्यौपानेका करिब शय भन्दा बढि गीत, गजल र भजनहरु संग्रहित छन् । 

अमेरीकामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका मुरारी गुरागाई नेपाली श्रोताहरु माझ चर्चित छन् । गायक गुरागाईंको माई च्वाइस नामको गीति एल्बम केहि बर्ष अगाडि सार्बजनिक भएको थियो भन उक्त एल्बमको ’म ज्यूँदो लाश बन्न चाहान्न’ बोलको गीत सर्बा्धिक रुचाइएको थियो । साथै गायक गुरागाई रेडियो नेपालका आधुनिक र लोक बिधाका “क”श्रेणीका गायक पनि हुन । 

संगीतकार दीपक भट्टराई भने जापान बसेरै नेपाली गीत संगीतको आकाशमा रुचाइएका छन । शास्त्रिय संगीतका गूरु दीपकका हाल सम्म पाँच वटा एकल एल्बम र करिब डेढ शय जति गीत, गजल र भजनहरु सार्वजनिक भइसकेका छन् । साथै कार्यक्रममा अभिनेत्री मरिश्का पोखरेलद्वारा निर्देशन गरिएको गीत सार्वजनिक गरिएको छ । 

फिल्म तथा म्युजिक भिडियोमा देखिरहेकी मरिश्काले पहिलो पटक आफुलाई भिडियो निर्देशनमा प्रस्तुत गरेकी हुन् । उनले निर्देशन गरेको ’एकतर्फी माया’ गीतमा उनि स्वयम् देखिएको छन् भने उनको को-स्टारको रुपमा पुष्प खड्का देखिएका छन् । गीतमा अर्जुन तिवारीको छायाँकन र निशान घिमिरे सम्पादन रहेको छ ।

गीतकार होमनाथ न्यौपानेले हामीले केहि समय अगाडी देखि नै एल्बम ल्याउने तयारी थालेका भएपनि अहिले समय मिल्यो भन्दै यस एल्बल्ममा सबै किसिमका गीत समेटिएको बताए । 

अभिनेत्री मरिश्का पोखरेलले पहिलो पटक निर्देशनमा आएको बताउदै गीतको भाव अनुसार भिडियोलाई देखाउने कोशिश गरेको बताइन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै