• २०८१ बैशाख १४ शुक्रबार

गायक शिव परियार मोटरसाइकल दुघर्टनामा घाइते

kharibot

तस्बीर : शिव परियार/फेसबुक

काठमाडौं । गायक शिव परियार मोटरसाइकल दुघर्टनामा परी घाइते भएका छन् । राजधानीको बसुन्धारामा आइतबार बिहान  भएको मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् । 

उनले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको  मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको हो ।

धापासीस्थित ग्रांडी अस्पतालमा उपचार गराइरहेका परियारको दाहिने खुट्टामा चोट लागेको बताइएको छ । परियारको मोटरसाइलको पछाडी अर्का गायक कर्णराज गिरी समेत सवार थिए । गिरी भने सामान्य उपचारपछि घर फर्किने फर्किएको बताइएको छ ।

गायक परियारले आफ्नो दाहिने खुट्टामा अत्यधिक चोट लागेको र अहिले आफु खतरा मुक्त रहेको बताएका छन् ।

परियारले आफ्नो गाडी हेर्न सर्भिस सेन्टरमा जानेक्रममा गलत रुटबाट स्पिडमा आएको एफ जेड मोटरसाइकलले ठक्कर दिएर सो दुर्घटना भएको बताएका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै