• २०८१ बैशाख १५ शनिबार

नीति तथा कार्यक्रमका विषयमा प्रधानमन्त्रीको जवाफ आइतबार आउने

kharibot

काठमाडौँ  ।  सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा सांसदले बोल्नेक्रम सकिएकाले प्रधानमन्त्रीले आइतबार जवाफ दिने भएका छन्  । 

संघीय संसद्मा यही जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि जेठ ९, १० र आज ११ गते लगातार छलफल भयो । सांसदले उठाएका प्रश्नबारे प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काे बैठक यही जेठ १३ गते जवाफ दिने कार्यक्रम छ । 

शुक्रबारको बैठकमा सांसदले नीति कार्यक्रम आफैँमा राम्रो वा नराम्रो नहुने भएकाले यसको सफल कार्यान्वयनका लागि जोड दिए । नेकपाका योगेश भट्टराईले सपना देख्नेले मात्र राष्ट्र बनाउन सक्ने भएकाले नीति कार्यक्रम सही भएको बताए । सोही पार्टीका घनश्याम भुसालले देश निर्माण गर्ने जिम्मा माक्र्सवादीको हातमा आएको बताउँदै पार्टीका सदस्यलाई उत्पादन कार्यमा परिचालन गर्नुपर्ने बताए । 

नेपाली काँग्रेसका प्रकाशमान सिंहले वर्तमान सरकारले जनअपेक्षानुसार काम गर्न नसकेको बताउँदै नीति तथा कार्यक्रम पट्यारलाग्दो ‘प्रेमपत्र’ भएको बताए । सोही पार्टीका बालकृष्ण खाँणले नीति तथा कार्यक्रममा स्थानीय तहको विकासलाई कतै पनि नसमेटिएको बताए  । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले नीति तथा कार्यक्रम यथार्थभन्दा भावना र कल्पनाको कागजी महल रहेको विचार राखे । 

बैठकमा लीलानाथ श्रेष्ठ, नारायणप्रसाद खतिवडा, गोमा देवकोटा र गणेशसिंह ठगुन्नाले वैज्ञानिक फोहर व्यवस्थापन, नदी र खहरे नियन्त्रण, चुरे र भित्रीमधेशका ऐलानी जग्गा व्यवस्थापन र गुठी जग्गालाई रैकरमा परिणत गर्न सरकारले ध्यान दिनुपर्ने बताए । 

सांसद लेखराज भट्ट, छविलाल विश्वकर्मा, एकवाल मिया, विनोद चौधरी, शशि श्रेष्ठ, रानी मण्डल, केदार सिग्देल, उमा रेग्मी, रेखा शर्मा, सुजिता शाक्य, धर्मशिला चापागाईँँ, महेश बस्नेत, नरबहादुर धामी, दिव्यमणि राजभण्डारी, गंगाबहादुर दोङ, ध्रुवकुमार शाही, प्रेमबहादुर आले, हीरा गुरुङ दुर्गबहादुर राउत, हीराचन्द्र केसी, झपटबहादुर रावल, देवप्रसाद तिमल्सेना, सुरेशकुमार राई, विष्णु शर्मा, भीमसेनदास प्रधान, नवीना लामा, प्रमिला राई, विष्णु शर्मा, सुरेशकुमार राई, बोधमायाकुमारी यादव, दीपकप्रकाश भट्ट, नीरुदेवी पाल, भैरवबहादुर सिंह, मोहन बानियाँ, ज्ञानकुमारी छन्त्याल, कृष्णभक्त पोखरेल, मीना सुब्बा, शान्ता चौधरी, तुल्सा थापा, मायादेवी न्यौपाने, भूमिप्रसाद त्रिपाठी, विनादेवी बुढाथोकी, लालप्रसाद साँवा लिम्बू, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, किशोरसिंह राठौर, खगराज अधिकारी र उमाशंकर अरगरियालगायतले छलफलमा भाग लिएका थिए ।

प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ १३ आइतबार बिहान बजे ११ बजे बस्नेछ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै